प्रदीपकुमार चौधरी ‘पिके डन’ को डेब्यु निर्देशकीय फिल्म ‘तरंग’ को प्रदर्शन मिति तय गरिएको छ।
निर्माण टिमले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर १८ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू वरुण अधिकारी, रविना केसी, बारात लिम्बू र कृष्ण थापा फिचर्ड छन्।
चौधरी दुई दशकदेखि रङ्गमञ्चमा लेखन, निर्देशन तथा अभिनयमा सक्रिय कलाकार हुन्। देवदत क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रलाई श्रीराम बालाजी फिल्मको लागि सुनिल मानन्धरले वितरण गर्दै छन्।
यस फिल्ममा सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरी लगायतको अभिनय रहेको छ।
तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता हरिनारायण चौधरी हुन्। महेश पौडेलले छायांकन गरेको फिल्ममा सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको एक्सन, मनोज थापामगर, पवन गिरी र मनोज महतोको संगीत समावेश छ।
मोरङ, सुनसरी, पाल्पा, रुपन्दे
Shares

प्रतिक्रिया