कला


छक्का पन्जा ४ मा नयाँ नायिका भित्र्याउँदै दीपक, निर्देशनबाट हटिन् दीपा

छक्का पन्जा ४ मा नयाँ नायिका भित्र्याउँदै दीपक, निर्देशनबाट हटिन् दीपा

नेपालखबर
जेठ २४, २०७९ मंगलबार ७:८, काठमाडौँ

दीपकराज गिरी र दीपाश्री निरौला आगामी असार पहिलो साताबाट ‘छक्का पन्जा ४’ छायांकनका लागि निस्कने तयारीमा छन्।

फिल्मको रिलिज मिति समेत घोषणा गरिसकेको यो टिमले कलाकारको लाइनअप भने अझै फाइनल गर्न सकेको छैन्। यो फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, बुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारले अभिनय गर्ने पक्का छ।

फिल्ममा यी पुराना पुरुष अनुहार देखिदा नायिकामा को देखिन्छ भन्ने कुराको अझैं टुङ्गो लागेको छैन। यो फिल्ममा नायिकाका रुपमा नयाँ अनुहार भित्र्याउने तयारीमा दीपक–दीपा रहेका छन्। यस अघिका सबै सिरिजमा यो टिमले नाम चलेका नायिकालाई लिएको थियो। 

 दीपक–दीपाको ‘छक्का पन्जा’ सिरिजमा नीता ढुंगाना, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, नम्रता सापकोटा, दीपिका प्रसाँई, केकी अधिकारी लगायतका स्टार नायिकाले अभिनय गरे। यसपटक भने नयाँ नायिका भित्र्याउने तयारीमा रहेको यो टिमले नायिका भने सार्वजनिक गरेको छैन्। 

दसैंमा रिलिज गर्ने तयारी सहित छायांकनमा निस्कन लागेको फिल्मका कलाकारका बारेमा दीपकले केहि दिनमा जानकारी दिने तयारी गरेको छन्।

‘छक्का पन्जा’को चौथो सिरिज निर्देशक हेमराज बिसीले निर्देशन गर्ने भएका छन्। यसअघिका सबै सिरिज दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन्।

‘छक्का पन्जा’का ३ सिरिज निर्देशन गरेर आफूलाई सफल निर्देशकको सूचीमा पार्न सफल दीपा चौथो सिरिजबाट भने आउट भएकी छिन्। यो सिरिजमा निरौलालाई शिर्ष कलाकार भित्र देख्न पाइने दीपकले बताएका छन्। 

अहिले निर्देशक बिसी र निर्माता दीपकराज गिरी फिल्मको पटकथा लेखिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad