नेपाली कथानक चलचित्र ‘झिंगेदाउ’मा अभिनेत्री केकी अधिकारी र आँचल शर्मा शीर्ष भूमिकामा देखिँदै छन्।
यो फिल्मको छायांकन बाँकी रहेको एक गीतको पनि छायांकन सकिएको छ। फिल्मको ‘ए माया तिमीबिना जीवन चल्दैन’बोलको गीत ललितपुरको भैंसेपाटीस्थित श्रीकालीचौरमा छायांकन गरिएको छ।
छायांकन स्थलबाट केकी र आँचलका चञ्चल अनुहारका केहि तस्बिर सार्वजनिक भएका छन्। फिल्ममा केकी र आँचलका साथमा मुकुन भुषाल र कुशल विष्ट पनि शीर्ष भूमिकामा देखिने छन्। गीतको सुटिङमा यी दुई कलाकार पनि देखिएका छन्।
गीतमा रामजी लामिछानेले नृत्य निर्देशन रहेको छ।
ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यो फिल्मको पटकथा प्रदीप भारद्धाजले लेखेका हुन्।
फिल्मको कथा भने भीमनिधि तिवारीको छोटो कथाबाट समावेश गरिएको छ। नेपाली समाजमा खेलिने जुवा र यसले समाजमा पारेको प्रभाव फिल्ममा देखाउने प्रयास गरेको निर्देशक देउजाले बताएका छन्।
यो फिल्म आगामी भदौ ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ।
Shares

प्रतिक्रिया