कला


पानीफोटोमा पोखिएको खगेन्द्रको सपना

पानीफोटोमा पोखिएको खगेन्द्रको सपना

नेपालखबर
जेठ २९, २०७९ आइतबार ११:४०, काठमाडौँ

लेखक तथा अभिनेताका रुपमा सफल खगेन्द्र लामिछानेले ‘पानीफोटो’मार्फत निर्देशनमा डेब्यु गरेका छन्।

उनको डेब्यु निर्देशन रहेको ‘पानीफोटो’ आगामी साउन १३ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ। यो फिल्मको प्रचारका क्रममा मोसन पोस्टर सार्वजनिक गरिएको छ। 

मोसन पोस्टर सार्वजनिक गर्दै भिडिओमा अभिनेता खगेन्द्र लामिछानेले फिल्म निर्देशन गर्ने आफ्नो सपना पुरा गरेको बताएका छन्।

उनले धेरैले अभिनेता तथा लेखक हुँदाहुँदै निर्देशनमा किन हात हाल्नु भयो भनेर प्रश्न गरिरहे पनि उत्तर दिन नसकेको बताएका छन्। भनेका छन् ‘सपनाको कुनै उत्तर हुँदैन।’ 

सार्वजनिक फिल्मको पोस्टरमा अभिनेता अनुप बराल, खगेन्द्र लामिछाने, मेनुका प्रधान र मलिका महतलाई प्रस्तुत गरिएको छ। सार्वजनिक अर्को पोस्टरमा दुई पात्रलाई हिड्दै गरेको देख्न सकिन्छ। फिल्मको कथा निर्देशक अनालकै रहेको छ। 

फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशकअगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बाबुआमाको कथालाई प्रस्तुत गरिएको छ।

फिल्ममा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मा लगायतका कलाकारले अभिनय गरेका छन्।

भिडिओ- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad