प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ मा समाबेश ‘हाँस्ने खेल्ने बेलैमा..’ बोलको नयाँ गीत शनिबार राजधानीमा प्रेसमिट गरि सार्वजनिक गरिएको छ।
असार ३१ गते प्रदर्शन हुने गीतमा अञ्जु पन्त र किरण गजमेरको स्वर तथा अर्जुन पोखरेलको शब्द, संगीत छ। रामजी लामिछानेको कोरियोग्राफी र शिब ढकालको छायांकन रहेको गीतमा फिल्मका प्रमुख कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ फिचर छन्।
‘डान्सिङ्ग फ्लेभर’ को रोमान्टिक गीतमा पूजा र आकाश खुलेर नाचेका छन्। भक्तपुर दरबार स्क्वायरलाई सुन्दर ढंगले प्रस्तुत गरिएको गीत सार्वजनीक भएको २४ घण्टा नबित्दै युट्युव म्युजिकको १५ नम्बर ट्रेनिङमा परेको छ। दर्शक, स्रोताले अधिक मन पराइरहेको यस गीतको टिकटक पनि निकै बनिरहेको छ।
अद्वितीय प्रधानको प्रस्तुति र रेविका प्रधानको निर्माणमा बनेको फिल्मको लेखन तथा निर्देशन निमेष प्रधानले गरेका हुन्। स्थानीय निर्वाचनका कारण जेठ ६ मा प्रदर्शन स्थगीत गरिएको फिल्म अब भने ३१ असारमा दर्शक माझ आउँदैछ। फिल्ममा समाबेश ‘परेलीमा लुकाउछु’ बोलको गीत केही समयअघिनै सार्वजनीक भइसकेको छ ।
प्रदर्शन मिति नजिकिँदै जादा प्रचारप्रसारलाई ब्यापक बनाउँदै लगेको फिल्ममा पूजा र आकाशको जोडीका साथमा सुनील थापा, शिसिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारले अभिनय गरेका छन्। अद्वितीय फिल्मस्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ को छायांकन दार्जिलिङ,सिक्किम,सिल्गुढीका साथ एउटा गीत काठमाडौंमा गरिएको हो।
आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको गीत सार्वजीक कार्यक्रममा आकाश, पूजा, निर्देशक निमेष, निर्माताद्वय अद्वितिय–रेविका, संगीतकार अर्जुन पोखरेल, छायाँकार शिव ढकाललगायतका कलाकार तथा प्राबिधिक उपस्थिति थिए।
सबैले आफूहरुले ‘सम्झना–बिर्सना’ निर्माणमा निकै मेहनेत र मन लगाएको बताए। उनीहरुले दर्शकको मनोरञ्जनका लागि आफूहरु जतिसुकै मेहनेत गर्न पनि पछि नपरेको दावी गरे। गीत बुढा सुब्बा डिजिटलमा अप्लोड छ।
Shares

प्रतिक्रिया