ad ad

कला


यसकारण हिट भयो ‘कबड्डी-४’

यसकारण हिट भयो ‘कबड्डी-४’

नेपालखबर
असार १४, २०७९ मंगलबार ७:५३, काठमाडौँ

नेपाली फिल्म ‘कबड्डी - ४’ यो वर्षको पहिलो सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो।

२२ करोड ग्रस कलेक्सन गरेको फिल्मले यस अघि बनेका सबै रेकर्ड ब्रेक गरेको छ।

यो फिल्मले बनाएको रेकर्ड तोड्न अन्य फिल्मलाई लामो समय लाग्ने देखिन्छ।

अघिल्लो सिरिजले १२ करोड ग्रस कलेक्सन गरेको ‘कबड्डी -४’लाई निर्माता/निर्देशकले फाइनल म्याचका रुपमा प्रचार गरेका थिए।

जसले गर्दा पनि दर्शकको ध्यान तानेको देखिन्छ। पहिलाे सिरिजबाटै फिल्म हरेका दर्शक अन्तिम सिरिज कस्तो होला भनेर हल तानिए।

नयाँ दर्शकमा पनि अन्तिम सिरिज भन्ने वाक्यले काम गरेको देखिन्छ।

 यो फिल्म चल्नुको मुख्य कारणमा फिल्मको नामलाई लिन सकिन्छ। ‘कबड्डी’ आफैँमा ब्राण्डका रुपमा स्थापित भएको नाम हो।

पहिलो सिरिजबाटै दर्शकको साथ पाएको फिल्मको नामले नै दर्शक तानेको देखिन्छ। 

फिल्मको गीतले पनि दर्शक हलसम्म तान्न ठूलो भूमिका देखिन्छ। यो फिल्मको ‘जुनेली’बोलको गीतले फिल्म चल्नुमा सहायक भूमिका खेलेको छ। सम्भवत ‘कबड्डी’ सिरिज मध्येकै सबैभन्दा लोकप्रिय गीत यही हो।

फिल्म चल्नु अघिनै गीतले दर्शकको मन जित्न सफल भएको थियो। 

पहिलो सिरिजबाटै कथा काजीको विहे वरिपरि घुम्यो। यो सिरिजमा काजीको विहे होला भन्ने प्रश्न अघिल्लै सिरिजले जन्माएको थियो।

फिल्मै भएपनि आम दर्शकक काजीको विहे हेर्न चाहान्थे। अन्तिम सिरिजमा काजीको विहे हुन्छ हुँदैन भन्ने कौतुहलताले पनि दर्शक हलसम्म तानिए। 

फिल्म चल्नुको अर्को कारण कलाकारको बलियो उपस्थिति पनि हो। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, बिजय बराल, मिरुना मगर लगायतका कलाकारको उपस्थिति बलियो देखिएको छ। 

फिल्म रिलिज ताका भएको विवादले पनि नेपाली हलमा फाइदा भएको देखिन्छ। नायिका मिरुना मगर र फुर्वा तामाङ बीचको विवादले चर्चा पाउँदा यसको फाइदा फिल्मलाई पर्न गयो।

नेपालमा यसको सकारात्मक प्रभाव परेपनि विदेशी शो मा भने फिल्मले नकारात्मक प्रभाव खेप्नु पर्‍यो।

सिक्किममा फिल्म प्रदर्शन रोकियो। तर नेपालमा भने यो विवादले फाइदा गरेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .