नायक अनमोल केसीले नयाँ फिल्ममा काम गर्ने भएका छन्। केसीले एक दशक अघिको फिल्म ‘छड्के’को सिरिजमा काम गर्ने गरी साइन गरेका हु्न।
फिल्मका निर्देशक निगम श्रेष्ठले अनमोल फिल्ममा अनुबन्धित भएको बताएका छन्।
अनमोलले यो फिल्ममा २ साता अगाडि साइन गरेको श्रेष्ठको भनाई छ। ‘छड्के २’ मा ‘छड्के’को कथा जोडिएर नआउने निर्देशक श्रेष्ठले बताए।
फिल्मले ग्याङस्टारको कथालाई कमेडी शैलीमा भन्ने छ।
यो फिल्ममा विपिन कार्कीको पनि चर्चा थियो। तर कार्कीले चर्को पारिश्रमिक मागेपछि उनलाई निर्माताले यो फिल्ममा लिन नसक्ने बताएका छन्।
फिल्म निर्माण टिमले फिल्मको पहिलो पोस्टरसँग निर्माणको औपचारिक घोषणाको तयारी गरेको छ।
81
Shares
प्रतिक्रिया