कला


कविता कन्सर्टबाट प्रचारप्रसार गर्दै ‘मनसरा’ टिम

कविता कन्सर्टबाट प्रचारप्रसार गर्दै ‘मनसरा’ टिम

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार २०:२६, काठमाडौँ

वैशाख २१ गते रिलिज हुने फिल्म ‘मनसरा’ को निर्माण टोली अहिले तीव्र प्रचारप्रसारमा लागेको छ। यस टिमले अन्य फिल्मको भन्दा केही फरक प्रचारशैली प्रयोग गरेको छ।

यसअघि पोखरा र बुटवलमा कविता कन्सर्ट गरेको टिम अहिले पूर्वी नेपाल पुगेको छ। झापाको बिर्तामोडबाट सुरु भएको कविता कन्सर्ट इटहरी पुगेर सकिनेछ।

टिमले बुधबार बिर्तामोडको क्युएफएक्स हल र उर्लाबारीमा कविता कन्सर्ट आयोजना गरेको थियो।

निर्देशक उपेन्द्र सुब्बाले बिर्तामोडमा आधा दर्जनभन्दा बढी कविता सुनाएका थिए। कार्यक्रममा अभिनेत्री मिरुना मगरले आफ्नी आमाले रचना गरेका कविता सुनाइन्।

त्यस्तै, मेनुका प्रधान, प्रवीण खतिवडा र जीवन बरालले कवि सुब्बाले लेखेका कविता वाचन गरे। कार्यक्रममा निर्देशक सुब्बा तथा कलाकारहरूले ‘मनसरा’लाई हेरेर प्रतिक्रिया दिन आग्रह गरेका थिए ।

बिहीबार दमक र धरानमा कविता कन्सर्ट गरिएको छ। भोलि भने इटहरी र बेलबारीमा पनि कविता कन्सर्ट गरिने बताइएको छ।

यस फिल्ममा दया, मिरुना, प्रवीण तथा मेनुकासहित हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ। निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुन्। सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .