कला


‘परदेशी २’को ट्रेलरमा राम्रो ‘स्पेस’ नपाएपछि प्रशान्त असन्तुष्ट

‘परदेशी २’को ट्रेलरमा राम्रो ‘स्पेस’ नपाएपछि प्रशान्त असन्तुष्ट

नेपालखबर
असार २८, २०७९ मंगलबार ८:२३, काठमाडौँ

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’को ट्रेलर सार्वजनिक भयो। सार्वजनिक ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ। 

तर सार्वजनिक ट्रेलरका विषयमा सिरिजका मुख्य हिरो प्रशान्त तामाङले असन्तुष्टि व्यक्त गरेका छन्। सार्वजनिक ट्रेलरमा आफूले राम्रो स्पेस नपाएपछि प्रशान्तले असन्तुष्टि जनाएका हुन्। 

प्रशान्त नारायण रायमाझी फिल्मका ब्रान्ड हुन्। उनले रायमाझीलाई उद्योगमा निर्देशकका रुपमा स्थापित गराउने ‘गोर्खा पल्टन’ र ‘परदेशी’मा अभिनय गरेका छन्। उद्योगमा यी दुवै फिल्म हिट भए। 

तर परदेशी सिरिजमै प्रशान्तले स्थान नपाएपछि निर्देशक रायमाझीको सामाजिक सञ्जालमा समेत आलोचना भैरहेको छ। सार्वजनिक ट्रेलरमा गायक प्रकाश सपुतलाई राम्रो स्पेस दिइएको छ। सपुत यही फिल्ममार्फत ठूलो पर्दामा देखिने तयारीमा छन्। 

सिरिज भएकाले पनि प्रशान्तलाई पूरै इग्नोर गरेर ट्रेलर सार्वजनिक गर्न नहुने तर्क टिप्पणी गर्नेहरुले गरेका छन्। पौने ३ मिनेटको ट्रेलरमा प्रशान्त एक सिनमा मात्रै देखिन्छन्। यो ट्रेलरप्रति प्रशान्त खुसी हुन सकेका छैनन्।  

यो फिल्म आगामी दसैंको अवसर पारेर असोज १४ गते रिलिज गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad