कला


पूजाप्रति आक्रोशित निमेष

पूजाप्रति आक्रोशित निमेष

नेपालखबर
साउन ४, २०७९ बुधबार ८:३९, काठमाडौँ

कुनै पनि आफू अभिनित फिल्म हलमा लाग्दा पूजाको ठूलै हल्लीखल्ली हुन्छ। उनी फिल्म चलाउनका लागि हर कुनै फण्डा गर्न तयार हुन्छिन्। फिल्म प्रचारको क्रममा पूजाको हाँस्ने, रुनेदेखि प्रेम सम्बन्धमा रहेको र छुटेको सम्मका समाचार आउने गर्छन्। फिल्म चलाउन सक्ने जति सबै फण्डा गर्ने पूजाको पछिल्लो फिल्म ‘सम्झना बिर्सना’ले भने लगानी उठाउन मुस्किल देखिएको छ। 

ठूलो हल्ला सहित हलमा लागेको यो फिल्मले १० प्रतिशत अकुपेन्सी हासिल गर्न पनि मुस्किल देखिएको छ। यता हलमा फिलम लाग्नु र पूजा अष्ट्रेलिया जानु एकै पटक भएपछि फिल्मका निर्देशकले पूजाप्रति आक्रोशित देखिएका छन्। 

फिल्म पब्लिसिटीमा नायिकाले साथ नदिएको भन्दै निर्देशक निमेष प्रधान असन्तुष्ट छन्। पूजाप्रति आक्रोशित हुँदै प्रधानले भने ‘फिल्मको पब्लिसिटीमा देखिनुपर्ने मान्छे अष्ट्रेलिया उडिदिनुभएछ।’

फिल्म प्रचारका लागि प्रधान भने दार्जिलिङबाट काठमाडौं आएका हुन्। पूजाले भने पब्लिसिटीमा आउँछु दाइ भनेर झुक्काएको प्रधानले बताए। 

फिल्मका शीर्ष कलाकार आकाश श्रेष्ठ र पूजाको व्यक्तिगत झगडाका कारण पनि फिल्म प्रदर्शनमा असर गरेको प्रधानको गुनासो छ। उनले भने ‘उनीहरुको व्यक्तिगत झगडाको नेगेटिभ असर हाम्रो फिल्ममा पर्यो।’

पूजाले यो फिल्मका लागि २० लाख पारिश्रमिक लिएको प्रधानले बताए। भनेजति पारिश्रमिक दिएको कलाकार फिल्म पब्लिसिटीमा साथ नदिँदा आफू निराश भएको प्रधानले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad