र्याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेतालाई नयाँ मुकुट प्रदान गरिएको छ। प्रतियोगिताको फाइनलमा प्रदान गरिएको मुकुट विवादमा परेपछि उनको मुकुट खोसिएको थियो।
‘शो’का विजेता साइमन विष्ट (भाइबर साइमन) प्रतियोगीताको निर्णायक टिमले नयाँ मुकुट प्रदान गरेको हो।
आफ्नो मुकुट फर्किएपछि विजेता साइमनले मुकुट पाउँदा गर्व लागेको बताए। उनले मुकुट लगाउँदै भने ‘यो लगाउँदा मलाई मलाई खुसी लागेको छ।’
साइमनलाई प्रतियोगितामा निर्णायक समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मुकुट लगाइदिएका थिए। उक्त मुकुट पञ्चधातुबाट निर्माण भएको छ।
‘नेपहपको श्रीपेच’को दोस्रो सिजन आगामी भदौबाट सुरु हुने भएको छ। ‘शो’ दोस्रो सिजनको निर्देशन पनि निकेश खड्काले नै गर्ने भएका छन्।
78
Shares

प्रतिक्रिया