ad ad

कला


माया, प्रेम र एक्सनसहित ‘प्रेम गीत ३’ को टिजर नेपाली र हिन्दीमा (भिडिओ)

माया, प्रेम र एक्सनसहित ‘प्रेम गीत ३’ को टिजर नेपाली र हिन्दीमा (भिडिओ)

नेपालखबर
साउन २९, २०७९ आइतबार ८:५१, काठमाडौँ

नेपाली फिल्म ‘प्रेम गीत ३’को टिजर सार्वजनिक भएको छ। प्रदीप खड्का र कृष्टिना गुरुङको शीर्ष भूमिका रहेको यो फिल्मको हिन्दी र नेपाली दुवै भर्सनको टिजर ए साथ रिलिज भएको हो। 

सार्वजनिक टिजरमा माया, प्रेम र एक्सन प्रस्तुत गरिएको छ। टिजरमा फिल्मका शिर्ष कलाकार देखिएका छन्।

सन्तोष सेन र छेतेन गुरुङले सयुक्तरुपमा निर्देशन गरेको यो फिल्म असोज ७ गतेबाट नेपाल र भारतका हलमा एक साथ प्रदर्शन हुँदै छ।

निर्मातासमेत रहेका सन्तोष सेनले फिल्मको टिजर  सार्वजजनिक गर्दै भने, ‘लामो समयको मिहिनेत र प्रतीक्षापछि अन्ततः आज हिन्दी र नेपाली दुवै भाषाको टिजर सार्वजनिक गरेका छौँ। अब हाम्रो मिहिनेतको काम तपाईंहरुसमक्ष आउन थालेको छ। प्रतिक्रिया र साथ तथा सहयोगको एक साथ अपेक्षा गरेका छौं।’

नेपाली 

हिन्दी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .