नेपाली फिल्म ‘बाबरी’को ट्रेलर रिलिज भएको छ। सुरेन्द्र पौडेलले निर्देशन गरेको ‘बाबरी’ ट्रेलरमा दुई हिरोसँग एक हिरोइनको प्रेमकथा देखाउने प्रयत्न गरिएको छ।
फिल्मको ट्रेलरमा धिरज मगर, अदिती वुढाथोकी र धिरज नाडकरलाई देखाईएको छ। ट्रेलरमा देखाईएको दृश्य सिक्किम र नेपालका रहेका छन्।
अदितीका लागि दुई धिरजबिचको लडाई ट्रेलरमा देखाइएको छ। यो फिल्ममा धिरज फरक भूमिकामा देखिदैछन्। उनी गाउँको काजीको भूमिकामा देखिँदैछन्।
धिरज नाडकरले सिक्किमको युवाको भूमिका निर्वाह गरेका छन्।
फिल्ममा गाणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले सयुक्त रुपमा लगानी गरेका छन्। दुई धिरज र अदितीका साथमा बादल भट्ट, कमलमणी नेपाल, उर्मिला बस्नेत, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलिप गुरुङ लगायतका कलाकारलाई फिल्ममा देख्न सकिन्छ।
यो फिल्म आगामी असोज १४ गतेबाट रिलिजको तयारीमा रहेको छ।
Shares

प्रतिक्रिया