युवा गायक तथा सङ्गीतकार रामकुमार रिमालले नयाँ आधुनिक गीत ‘मेरो नजिक’ रिलिज गरेका छन्।
उक्त गीत गायक रिमालको आफ्नै युट्युब च्यानलबाट रिलिज भएको हो।
आफ्नै शब्द रहेको गीतको सङ्गीत पनि रिमाल आफैँले गरेका छन्। स्वर पनि आफैँले दिएको यस गीतमा सङ्गीत संयोजन सहस शाक्यले गरेका छन् भने मिक्सिङ्ग महेश्वर मान राजभण्डारीले गरेका छन्।
भर्जिन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएकी उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ। केही समयमै म्युजिक भिडियोसहित यस गीतलाई पुनः दर्शकमाझ ल्याउने उनले बताए।
36
Shares

प्रतिक्रिया