कलाकार दीपकराज गिरीले सहकर्मी दीपाश्री निरौलालाई प्रशंसासहित जन्मदिनको शुभकामना दिएका छन्।
उनकै कारण आफू कलाकारिता क्षेत्रमा स्थापित हुन सकेको उल्लेख गर्दै गिरीले दीपाको जन्मदिन आफ्नै जन्मदिन जस्तो लाग्ने बताएका छन्।
‘टेलिभिजनको सानो पर्दा हुँदै सिनेमासम्मको कठिन यात्रामा तिमी थियौ। मजस्तो अव्यावहारिक मानिसलाइ जीवन सिकाउने तिमी थियौ’, गिरीले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आफ्नो उपलब्धिमा भन्दा मेरो प्राप्तिमा खुसी हुने मान्छे पनि तिमी थियौ। समाजका तीता प्रश्नहरूको पीडालाइ झेलेर लगातार साथ दिने पनि त मिती थियौ। यो तिमी भन्ने शब्द नभाको भए म भन्ने शब्दको के अस्तित्व हुन्थ्यो र! त्यसैले आजको तिम्रो जन्मदिन तिम्रो होइन, मेरो जस्तो लाग्छ।’ 
132
Shares

प्रतिक्रिया