कला


सोनाली फोगाटको परिवारको दाबी : बलात्कारपछि हत्या गरियो

सोनाली फोगाटको परिवारको दाबी : बलात्कारपछि हत्या गरियो

फाइल तस्बिर : सोनाली फोगाट


नेपालखबर
भदौ १०, २०७९ शुक्रबार १०:४०, काठमाडौँ

भाजपा नेता तथा टिकटक स्टार सोनाली फोगाटको परिवारले उनको मृत्यु सम्बन्धमा बलात्कारपछि हत्या गरिएको दाबी गरेको छ।

भारतको अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सले सोनालीको पोस्टमार्टम रिपोर्टमा उनको शरीरमा चोट रहेको पुष्टि भएको जनाएको छ। यसबाहेक सोनालीका परिवारका सदस्यले पनि सोनाली फोगाटको हत्या भएको र यसअघि उनलाई बलात्कार गरिएको दाबी गरेका छन्। 

सोनाली फोगाटका भाइ रिंकुले लगाएको आरोपलाई पत्रिकाले उल्लेख गरेको छ। सोनाली फोगाटको मृत्यु उत्तरी गोवाको अन्जुनामा २२ अगस्टमा भएको थियो।

सोनालीको शव दिल्ली पुगेको छ, त्यसपछि हरियाणाको हिसारमा उनको दाहसंस्कार गरिने छ।

यसअघि सोनाली फोगाटको मृत्युको कारण हृदयाघात भनिएको थियो तर गोवा प्रहरीले यस मामिलामा भारतीय दण्ड संहिताको धारा ३०२ (हत्या) जोडेको छ। 

सोनाली फोगाटका दुई निजी सहयोगीलाई पक्राउ पनि गरिएको छ। पक्राउ परेका उनका सहयोगीको नाम सुधीर सगवान र सुखविन्दर वासी हो। दुवै जना सोनाली फोगाटसँग २२ अगस्टमा गोवामा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad