ad ad

कला


कोरोना संक्रमण देखिएपछि हिरासतमुक्त भए कमेडियन अपूर्व क्षितिज

कोरोना संक्रमण देखिएपछि हिरासतमुक्त भए कमेडियन अपूर्व क्षितिज

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १७:१५, काठमाडौँ

स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंह हिरासतमुक्त भएका छन्। कोरोना संक्रमण भएका उनलाई प्रहरीले बिहीबार रिहा गरेको हो।

नेवार समुदायमाथि आघात पुर्याउने गरी कमेडी गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो।

नेवार अभियन्ताहरुले उनलाई कारबाही गर्न माग गरेपछि प्रहरीले उनलाई पक्राउ गरिएको थियो। नेवारी भाषा, संस्कृतिमाथि व्यंग्य गर्दै उनले स्ट्यान्ड अप कमेडीको भिडिओ अपलोड गरेका थिए। तर, आलोचना भएपछि भिडिओ हटाएर माफी मागेका थिए।

उनको गिरफ्तारीको सामाजिक सञ्जालमा विरोध भएको थियो। धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई छाड्न आवाज उठाउँदै आएका थिए।

१२ दिनको हिरासत बसाइपछि उनलाई छाडिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .