नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले तीव्र आर्थिक विकासका लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताए।
अग्रवालले नेपालको दीगो विकास लक्ष्य पूरा गर्न पूर्वाधारमा जीडीपीको करिब ९ प्रतिशत लगानी हुनुपर्नेमा अहिले ३ प्रतिशत मात्रै भएको बताए।
भौतिक पूर्वधार तथा यातायात मन्त्रालय र परिसंघको सहकार्यमा नेपाल इन्फ्रास्ट्रचर सम्मेलन आयोजना भइरहेको कार्यक्रममा अग्रवालले पर्यटन पूर्वधारमा ध्यान दिनुपर्ने बताए।
नेपाल पर्यटनको लागि आकर्षक गन्तव्य भएकाले कनेक्टिभिटी पूर्वाधारमा ध्यान दिनुपर्ने अग्रवालले बताए। कृषि क्षेत्रको विकासका लागि ग्रामीण पूर्वाधार विकास आवश्यक भएको बताए।
आर्थिक विकासको लागि भौतिक पूर्वाधार मात्रै नभई प्रविधिको विकास पनि आवश्यक रहेको बताए।
नेपालमा २०१४ पहिलो पटक पूर्वाधार सम्मेलन भएको जानकारी गराए। त्यसपछिको २ वटा सम्मेलनले पूर्वाधार विकास बैंक स्थापना गर्न सहयोग पुगेको बताए।
Shares
प्रतिक्रिया