ad ad

कला


उजुरीले पनि नसच्चिएको एउटा नाम ‘भगवत गीता’

उजुरीले पनि नसच्चिएको एउटा नाम ‘भगवत गीता’

नेपालखबर
असोज ३१, २०७९ सोमबार १५:३६, काठमाडौँ

निर्माता सुनिल कुमार थापाले निर्माण गर्न लागेको फिल्म ‘भगवत गीत’को नामलाई लिएर विवाद भयो। यो नामप्रति आपत्ति जनाउँदै चलचित्र विकास बोर्डमा उजुरी समेत पर्यो।

तर उक्त उजुरीले फिल्मको नाम परिवर्तन नहुने भएको छ। 

झरना थापाको निर्देशनमा बन्न लागेको यो फिल्म यहि नाममा छायांकनमा जाने भएको छ। आगामी ९ गतेबाट छायांकनमा जान लागेको फिल्म २०८० सालको वैशाख १ गते रिलिज गर्ने लक्ष्य सहित निर्माण टिम फ्लोरमा निस्कने तयारीमा छ ।

फिल्मको नामलाई लिएर विकास बोर्डमा परेको उजुरीका कारण आफ्नो फिल्मको नाम परिवर्तन नगर्ने निर्माता सुनिल कुमार थापाले बताएका छन्।

उनले फिल्मको विषयवस्तु कुनै धर्मसँग नजोडिएकाले फिल्मको नाम परिवर्तन नगर्ने जानकारी गराए। 

यो फिल्ममा सुनिल झरनाकी छोरी सुहाना थापा शिर्ष भूमिकामा देखिनेछिन्। हिरोका रुपमा पर्दामा को देखिने हुन भन्ने कुरा भने निर्माण टिमले अझै सार्वजनिक गरेको छैन।

केहि नायकको नाम चर्चामा रहेपनि सार्वजनिक भने गरिएको छैन्। फिल्मको छायांकन जनकपुर र दार्चुलामा गरिनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .