अभिनेत्री तथा निर्देशक झरना थापा छोरी सुहानाका लागि जोडी खोजिरहेकी छन्। झरनाले आफ्नी छोरीलाई शीर्ष भूमिकामा राखेर निर्माण गर्न लागेको फिल्म ‘भागवत गीता’का लागि उनको जोडी खोजेकी हुन्।
तर नयाँ फिल्म घोषणा भएको लामो समय भइसक्दा पनि सुहानाको जोडी कलाकार भेटिएका छैनन्। अर्थात् फिल्ममा खेल्ने हिरो भेटिएका छैनन्।
झरनाले निर्देशन गर्न लागेको यो फिल्मका लागि विभिन्न अभिनेताको नाम चर्चामा आए। तर अहिलेसम्म कोही अभिनेता पनि पक्का गर्न सकिएको छैन।
निर्माता सुनिलकुमार थापा र झरनाले यो फिल्म २०८० सालको पहिलो दिन नै रिलिज गर्ने लक्ष्य राखेका थिए। सोहीअनुसार चलेका कलाकारसँग यो जोडीले विभिन्न चरणमा कुरा पनि गर्यो। तर अफर गरिएका कलाकार फिल्म खेल्न राजी भएनन्। एकहिसाबले भन्ने हो भने झरना–सुनिलको ‘भागवत गीता’ अलपत्र परेको छ।
फिल्म रिलिज मिति नै घोषणा गरेर फिल्मको घोषणा गरेकी झरना अन्योलमा छन्। फिल्म कहिलेबाट सुटिङमा जान्छ उनीहरुलाई नै थाहा छैन। हिरोको खोजीसँगै निर्वाचनले पनि फिल्म छायांकन कार्य अन्योलमा परेको छ।
निर्देशक झरना थापाले हिरो्को खोजी भइरहेको बताएकी छन्। भन्छिन्, ‘चलचित्रको लागी मुख्य कलाकारको खोजी जारी रहेको छ। हामीले सकेसम्म नयाँ कलाकारको खोजी गरिरहेका छौँ। फेरि यही मौकामा चुनाव पनि आयो। सबै माहोल हेर्दा चुनावपछि सुटिङ सुरुवात गर्ने सोचमा रहेका छौँ ।’
Shares

प्रतिक्रिया