बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई अदालतले राहत दिएको छ। २ सय करोड भारु केसमा तनाव झेलिरहेकी उनलाई दिल्लीको पटियाला हाउस कोर्टले जमानत दिएको छ।
दुई सय करोड ठगी मुद्दामा ज्याकलिनलाई अदालतले जमानतमा रिहा गरेको हो।
उनलाई देश बाहिर जान समेत रोक लगाइएको थियो।
अदालतले जमानतमा रिहा गरेसँगै उनी माथि लागेको यो प्रतिबन्ध फुकुवा भएको छ। तर सधैंका लागि देश छोडेर जान भने उनले अझैं पाउने छैनन्।
एडिशनल सेशन न्यायाधीश शैलेन्द्र मलिकले ज्याकलिनलाई यो मुद्दामा ज्याकलिनलाई २ लाख धरौटीमा जमानत दिएका हुन्। ज्याकलिनविरुद्ध पूवर्तन निर्देशनालयले अनुसन्धान गरिरहेको छ।
उनीमाथि सुकेश चन्द्रशेखरबाट महँगो उपहार लिएको र मनी लान्ड्रिङ गरेको आरोप लागेको छ ।
ज्याकलिन विरुद्धको आरोपमा बहसका लागि नोभेम्बर २४ मा तारेख तोकेको छ।
Shares

प्रतिक्रिया