कला


‘सरी मम’को ‘निःस्वार्थ माया’ सार्वजनिक (भिडिओ)

‘सरी मम’को ‘निःस्वार्थ माया’ सार्वजनिक (भिडिओ)

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ११:५८, काठमाडौँ

नेपाली फिल्म ‘सरी मम’को नयाँ गीत रिलिज भएको छ। मंसिर १५ देखि प्रदर्शनको तयारीमा रहेको ‘सरी मम’को ‘निःस्वार्थ माया’बोलको गीत सार्वजनिक भएको हो।

गीतमा प्रज्वल श्रेष्ठको स्वर, शब्द तथा संगीत संयोजन सुन्न सकिन्छ। 

यो फिल्म एक हप्ता मात्रै हलमा रिलिज गर्ने निर्माता विनोद लामाले बताएका छन्।

एनएफआई क्रियसनको ब्यानरमा निर्माण भएको यो फिल्म नवीन बोगटीले निर्देशन गरेका हुन्। फिल्ममा आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर लगायतका कलाकार शीर्ष भूमिकामा छन्। 

दीर्घ गुरुङले छायांकन गरेको फिल्मको दृश्य सम्पादन प्रितम पाण्डेले गरेका हुन्। आयुष बुढाथोकी र सरोज पौडेलले कथा लेखनमा सहकार्य गरेको यो फिल्ममा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङले लगानी गरेका छन्। 

यो फिल्मको च्यारिटी शो विभिन्न स्थानमा भइसकेका छन्। किशोरावस्था तथा युवा पुस्ताका दर्शकलक्षित फिल्म सरकारी स्तरबाट च्यारिटी गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .