नायिका पूजा शर्मा पछिल्लो समय युद्ध बाँनियाको प्रेममा छिन्। झण्डै एक वर्षदेखि प्रेममा रहेकी पूजा हिजोआज सार्वजनिक कार्यक्रममा पनि युद्धका साथमा देखिन्छिन्।
युद्धको प्रेम परेको सुरुवाती दिनमा पूजाले यो कुरा लुकाइन्। हिजोआज भने पूजा युद्धको आगमनले जीवन सहज भएको बताउने गरेकी छन्। यो जोडी चाँडै विवाह बन्धनमा बाँधिने तयारीमा छ।
पूजा र युद्ध थुप्रै सार्वजनिक ठाउँमा सँगै भेटिन्छन्। आफूहरूलाई पछ्याउने मिडियासामु पूजा खुलेर बोल्छिन्। युद्ध भने खासै बोल्न रुचाउँदैनन्। युद्ध नबोलेपछि उनको कुरा पनि पूजा नै भनिरहेकी हुन्छिन्।
भन्छिन्, ‘युद्ध केही लजालु छन्। अर्कोतिर युद्ध अहिले नै मिडियामा यो कुरा ल्याइहाल्ने योजनामा छैनन्।’
648
Shares
प्रतिक्रिया