कला


स्वस्तिमा खड्का भन्छिन् : चलचित्रले भन्दा मलाई गीतले चिनायो

स्वस्तिमा खड्का भन्छिन् : चलचित्रले भन्दा मलाई गीतले चिनायो

स्वस्तिमा खड्का


नेपालखबर
मंसिर २४, २०७९ शनिबार ९:१९, काठमाडौँ

अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो करिअरमा संगीतको सधैँ महत्त्व रहेको बताएकी छन्। सबैखाले दर्शकसम्म पुग्न संगीत सहायकसिद्ध भएको उनको अनुभव छ। 

उनले आफूलाई दर्शकले आफूले अभिनय गरेको चलचित्रले भन्दा पनि आफूले नृत्य गरेका चलचित्रका गीतले चिनेको बताएकी छन्।  

सामाजिक सञ्जालमा ‘साली मन पर्‍यो’ बोलको गीतको स्क्रिनसट राख्दै उनले भनेकी छन्, ‘आज पनि कति दर्शकले मैले अभिनय गरेको चलचित्रले भन्दा मेरो नृत्य रहेको चलचित्रका गीतहरूका कारणले चिनेको अवस्था छ।’

त्यसको उदाहरण अहिलेसम्मकै सर्वाधिक हेरिएको ‘कुटुमा कुटु सुपारी दाना’ गीत भएको उनले उल्लेख गरेकी छन्। 

यस्तै ‘साली मन पर्‍यो’ गीतले पनि १० करोड पटक हेरिएर तेस्रो सर्वाधिक हेरिएको गीतमा पर्न सफल भएको भन्दै उनले खुसी व्यक्त गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad