अभिनेत्री सुहाना थापाका लागि जोडी नपाएर निर्देशक झरना थापा हैरान थिइन्। झरनाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘भागवत गीता’मा सुहानाको जोडी कलाकारका लागि झरनाले थुप्रै कलाकारलाई प्रस्ताव गरिन्। फिल्मका लागि अभिनेता नपाउँदा लामो समयदेखि उनको फिल्म छायांकनमा निस्कन सकेको थिएन।
अब भने झरनाको यो चिन्ता सकिएको छ। फिल्ममा अभिनेताका रुपमा धिरज मगर भित्रिएका छन्। धिरजले फिल्म निर्माण टिमसँग औपचारिक सम्झौता गरेका छन्। मंसिर ९ गतेदेखि छायांकनमा जाने योजनामा रहेको निर्माण टिम अभिनेता फाइनल नहुँदा फ्लोरमा निस्कन सकेको थिएन।
धिरजसँग एकताका पारिश्रमिकको कुरा मिलेको थिएन। अब भने पारिश्रमिकको कुरा पनि मिलेर उनी फिल्ममा भित्रिएको निर्माता सुनिलकुमार थापाले बताएका छन्। योसँगै धिरज थापा प्रोडक्सनमा भित्रिएका छन्। फिल्म ‘भागवत गीता’ आगामी वैशाख १ मा रिलिज गर्ने घोषणा गरिएको छ।
Shares
प्रतिक्रिया