अभिनेत्री गौमाया गुरुङले बिहे गरेकी छन्। उनले केही दिनअघि बेलायतमा आयोजित वैवाहिक समारोहमा प्रेमी दिवससँग विवाह गरेकी हुन्।
आफू विवाह बन्धनमा बाँधिएको जानकारी दिँदै उनले फेसबुकमा लेखेकी छन्, ‘परिवार र आफ्ना प्रियजनहरूको उपस्थितिमा मैले मेरो जीवनसाथी दिवससँग विवाह गरेँ।’
विवाह समारोहमा उनका आफन्त र परिवार सहभागी थिए। उनको उक्त पोस्टमा सेलिब्रिटीहरूले बधाई दिएका छन्।
भ्लगर हुँदै फिल्म करिअर थालेकी गौमायाले ‘कबड्डी-४’ जस्ता हिट फिल्ममा काम गरिसकेकी छन्। साथै उनले ‘१९१५: लेजेन्ड अफ द गोर्खाज’, ‘फूलबारी’, ‘महाजात्रा’, ‘पूजा, सर’, ‘रमिताको पिरती’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन्। उनी पछिल्लोपटक हालै प्रदर्शनमा आएको ‘सेप अफ मोमो’ देखिएकी थिइन्।
123
Shares

प्रतिक्रिया