कला


‘ल्याङ्ग ल्याङ्ग’ मा मुख्य भूमिकामा देखिँदै सन्तोष बानियाँ

‘ल्याङ्ग ल्याङ्ग’ मा मुख्य भूमिकामा देखिँदै सन्तोष बानियाँ

नेपालखबर
साउन ५, २०८३ मंगलबार १२:३८, काठमाडौँ

बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’का सन्तोष बानियाँ अनुबन्धित भएका छन्।

निर्माण पक्ष र कलाकार बानियाँबीच सोमबार औपचारिक सम्झौता भएको हो। उनी फिल्ममा मुख्य भूमिकामा देखिनेछन्। 

केही समयअघि मात्रै अर्का कलाकार रियान गिरीलाई मुख्य भूमिकामा अनुबन्ध गरिएको थियो। रोचक कुरा के छ भने, सन्तोष र रियान दुवैले चलचित्र ‘होस्टेल-३’ बाट एकैसाथ नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेका कलाकार हुन्।

रङ्गमञ्च, म्युजिक भिडिओ र टेलिसिरियलको लामो अनुभव बटुलेर ठूलो पर्दामा प्रवेश गरेका सन्तोष बानियाँका लागि ‘ल्याङ्ग ल्याङ्ग’ विशेष हुने देखिएको छ। ‘होस्टेल-३’ पछि उनले ‘गोबर गणेश’ र ‘कस्तुरी’ जस्ता फिल्ममा काम गरिसकेका छन्।

यसअघिका चलचित्रमा सहयोगी भूमिकामा देखिँदै आएका सन्तोषलाई यसपटक भने निर्देशक चौहानले ‘लिडिङ क्यारेक्टर’को रूपमा प्रस्तुत गर्न लागेका हुन्। बानियाँको अभिनय क्षमता र चरित्रमा भिज्न सक्ने खुबीका कारण उनलाई मुख्य भूमिकामा छनोट गरिएको निर्माण पक्षको दाबी छ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने यस चलचित्रको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ। नेपाली युवापुस्ताले आफ्नो सर्कलमा साथीभाइबीचको ‘किचकिच’, एउटै कुरामा हुने बारम्बारको दबाब वा मानसिक तनावलाई बुझाउन ‘ल्याङ्ग ल्याङ्ग’ शब्द प्रयोग गर्ने गर्छन्। चलचित्रले यही युवा चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढावलाई समेटिएको छ। 

गत वर्ष प्रदर्शन भएको ‘द ब्ल्यू लाइट’ मार्फत निर्देशनमा डेब्यू गरेका बलिराम चौहानले सो चलचित्रबाट समीक्षकको राम्रो साथ पाएका थिए। यद्यपि, निर्वाचनको समय र राजनीतिक माहोलका कारण उनको पहिलो चलचित्रले व्यावसायिक सफलता पाउन कठिन भएको थियो। 

चलचित्रको कथा बलिराम चौहान र उपाश्री खतिवडाले मिलेर तयार पारेका हुन्। अहिले चलचित्रको प्रि-प्रोडक्सन र कास्टिङको काम तीव्र रूपमा भइरहेको छ। छिट्टै फिल्मको सुटिङ सुरू गर्ने निर्माणटिमको तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad