युवा संगीतकार करणराज कार्की र आइत शाङ गुरुङको स्वरमा ‘सोल्टीनीको शिरैमा चन्द्रमा’ बोलको कौरा गीत सार्वजनिक भएको छ ।
संगीत भकारी युट्युवा च्यानलबाट आइतबार भिडियोसहितको कौरा गीत सार्वजनिक गरिएको हो ।
गीतको शब्द रचना लेखु सहयात्रीले गरेका हुन् । आइतलाई शशिका राई र भ्वोइस अफ नेपाल सिजन–४ कि उपविजेता सविना योङहाङ लिम्बुले युगल गायनमा साथ दिएकी छिन् ।
गीतमा देवेश राईको संगीत संयोजन र किशोर थापाको ध्वनि सम्पादन रहेको छ।
गीतको भिडियोमा विजय पुन, आनन्द गुरुङ, चाहाना मगर, कृशला तामाङ, बबिता गुरुङ र गायक समेत रहेका आइत शाङ गुरुङको अभिनय हेर्न सकिन्छ।
नवराज उप्रेतीको छायाँकन र मिलन विश्कर्माको सम्पादन रहेको गीतको भिडियो निर्देशन मौसम हीमालीले गरेका हुन् । साँस्कृतिक कौरा भाकालाई निर्देशक हिमालीले मनमोहक तवरले भिडियोमा उतारेका छन् ।
Shares

प्रतिक्रिया