कला


पूजालाई काखी च्याप्दा फेरि विवादमा भुवन केसी

पूजालाई काखी च्याप्दा फेरि विवादमा भुवन केसी

नेपालखबर
पुस १४, २०७९ बिहिबार १३:३३, काठमाडौँ

अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी पुनः विवादमा तानिएका छन्। केही दिनअघि मात्रै देशभरका चलचित्र प्रदर्शक उनको विरोधमा काठमाडौं आएका थिए। यो चर्चा सेलाउन नपाउँदै पुनः केसीको अर्को विवाद सुरु भएको छ। 

उनले अभिनेत्री पूजा शर्मालाई चलचित्र विकास बोर्डको ‘महिला चलचित्र सशक्तीकरण समिति सदस्य’मा नियुक्ति गरेपछि केसीको सबैतिरबाट विरोध सुरु भएको छ। नयाँ फिल्म निर्माणको तयारीमा रहेकी पूजाले आफ्नो नयाँ फिल्ममा भुवन केसीका छोरा अनमोल केसीलाई लिएकी छन्।

नयाँ व्यवसायको तयारीमा समेत रहेकी पूजालाई स्वार्थका लागि भुवनले काखी च्यापेको भन्दै विरोध भइरहेको छ। 

साथै बलात्कार पीडित नाबालिगविरुद्ध मिडिया र सामाजिक सञ्जालमा सक्रिय पूजालाई बोर्डको उक्त पदमा नियुक्ति गरेसँगै भुवनप्रति प्रश्न सुरु भएको छ।  पीडित नाबालिगलाई ह्यारेसमेन्ट गरेको आरोप लागेकी पूजालाई ‘किन महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा भन्ने प्रश्न भइरहेको छ। 

प्रश्न गर्नेहरुमा चलचित्रकर्मी, महिलाअधिकारकर्मीलगायत छन्। पूजालाई चलचित्र विकास बोर्डको हालै सम्पन्न बैठकले उक्त पदमा नियुक्ति गरेका हो। महिला चलचित्रकर्मीको अधिकार, सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउनका लागि महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६ अनुसार गठित समितिमा उनलाई सदस्य बनाइएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad