कला


तुनिशा आत्महत्या प्रकरणमा नयाँ व्यक्ति जोडिए

तुनिशा आत्महत्या प्रकरणमा नयाँ व्यक्ति जोडिए

नेपालखबर
पुस २६, २०७९ मंगलबार १२:५, काठमाडौँ

टेलिभिजन अभिनेत्री तुनिशा शर्मा आत्महत्या प्रकरणका नयाँ-नयाँ तथ्य सार्वजनिक भइरहेका छन्।

उनको आत्महत्या प्रकरणमा नयाँ व्यक्तिको नाम जोडिएको छ। सोमबार मुम्बईको वसई अदालतमा मुद्दाको सुनुवाइका क्रममा तुनिशाका प्रेमी शिजनका वकिलले अली नामका व्यक्तिको नाम पनि उल्लेख गरेका हुन्। शिजनसँगको ब्रेकअपपछि तुनिशाले अलीसँग कुरा गरेको उनको दाबी छ। 

यो सुनेपछि तुनिशाका वकिल र सरकारी पक्षले अदालतसँग समय मागेका थिए। जसका कारण अदालतले मुद्दाको सुनुवाइ जनवरी ११ सम्मका लागि स्थगन गरेको छ। 

शिजनका वकिल शैलेन्द्र मिश्रले भनेका छन्, ‘शिजनसँगको ब्रेकअपपछि तुनिशा डेटिङ एप टिन्डरमा जोडिएकी थिइन् र उनले अलीसँग टिन्डरमा भेटेकी थिइन्।’

मिश्रले आत्महत्या गर्नुअघि तुनिशाले अलीसँग १५ मिनेट भिडिओ कुराकानी गरेको बताएका छन्। उनले अगाडि भनेका छन्, ‘अली र तुनिशाबीचको मित्रताबारे उनकी आमालाई पनि थाहा थियो।’

तुनिशाकी आमा वनिताले हालै अन्तर्वार्तामा भनेकी थिइन्, ‘म शिजनलाई छाड्दिनँ। मैले छोरी गुमाएँ । म यहाँ सम्बन्ध बुझ्न आएको होइन। म यहाँ न्याय पाउन आएको हुँ। शिजान र उनको सम्पूर्ण परिवार यसमा संलग्न छन्। तुनिशा मेरो जीवन थियो। उसले मसँग कहिल्यै केही लुकाइनन्। पछिल्लो ३–४ महिनादेखि उनी शिजनको परिवारसँग घनिष्ठ भइन्। शिजनको सम्पूर्ण परिवारले तुनिशाको प्रयोग गरेको छ।’

तुनिशाले डिसेम्बर २४ मा सुटिङ सेटमा झुन्डिएर आत्महत्या गरेकी थिइन्। तुनिशाले आत्महत्या गरेको केही घण्टापछि उनकी आमाले दिएको उजुरीका आधारमा उनको सहकलाकार शिजन मोहम्मद खानलाई प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लागेको छ। अब शिजनको जमानत अपिलको सुनुवाइ जनवरी ११ मा हुने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .