बलिउड स्टार शाहरुख खानको फिल्म 'पठान' को शुरुआत उत्साहजनक देखिएको छ। प्रशंसक र फिल्म समीक्षक 'पठान'लाई लिएर उत्साहित देखिएका छन्।
बलिउड मा 'किङ खान' भनिने शाहरुख खानले चार वर्षपछि ठूलो पर्दमा कमब्याक गरेका हुन्। यो फिल्म सिनेमा हल पुग्नुअघि नै चर्चामा थियो।
फिल्म समीक्षकका अनुसार बुधवार रिलिज भएको फिल्म 'पठान' यस सालको सबैभन्दा हिट फिल्ममा दरिँदैछ।
तर केही मानिसहरुले फिल्मको प्लटको आलोचना गरेका छन्। यसलाई आवश्यकताभन्दा धेरै र हाँस्यास्पद पनि भनेका छन्। तर अरुले भने शाहरुख खान पर्दामा आफ्नो जादु देखाउन सफल भएको बताएका छन्।
फिल्म समीक्षक शुभ्रा गुप्ताले इन्डियन एक्सप्रेसमा लेखेका छन्, 'बलिउड इज ब्याक, शाहरुख खान इज ब्याक।'
यो फिल्म पठान कामबारेको कथामा आधारित छ। जसको भूमिकामा शाहरुख खान छन्। फिल्ममा पठान एक यस्तो जासुसी मिसनमा हुन्छन्, जसको काम भारतमाथि हमला गर्ने चरमपन्थीलाई रोक्नु हुन्छ।
फिल्म समीक्षक तरन आदर्शका अनुसार यस फिल्मदलाई पूरै विश्वका ८ हजार स्क्रिनमा रिलिज गरिएको छ। जुन कुनै पनि बलिउड फिल्मको सबैभन्दा ठूलो ओपनिङ हो।
चर्चित फिल्म ट्रेड समीक्षक कोमल नाहटा का अनुसार पठानले भारतमा पहिलो दिन ५७ करोड रुपैयाँ कमाउन सफल भएको छ।
'कुनै पनि हिन्दी फिल्मको सबैभन्दा ठूलो ओपनिङ हो यो। कुनै सार्वजनिक बिदा र फिल्म सिक्वेल नहुँदा पनि जबरजस्त हिट हुने देखियो', उनले भनेका छन्।
फिल्म हेरेर निस्किएका दर्शकहरुले पनि आमरुपमा यसप्रति सन्तुष्टि जनाएका छन्।
बुधवार शाहरुख खानले ट्वीट गर्दै 'पठान' देखाउनका लागि उत्तर भारतमा २५ सिंगल स्क्रिन सिनेमाहल फेरि खोलिएको बताएका थिए। जुन हल कोभिड -१९ का क्रममा बन्द थिए।
अर्कातिर अग्रिम बुकिङमा पनि यो फिल्मले रेकर्ड बनाएको छ। टिकट प्लेटफर्म बुक माइ शोले समाचार एजेन्सी पीटीआईलाई बताएअनुसार फिल्मलाई लिएर दर्शकको प्रतिक्रिया शान्दार छ। गत सोमवारसम्म यो फिल्मका १० लाख टिकट बिकिसकेका थिए।
फिल्मको प्रोडक्शन हाउस यश राज फिल्मका अनुसार हिन्दी भाषाको रिलिज पहिलो दिन ५५ करोड र भारतका अन्य भाषामा दुई करोड कमाइ गरेको छ। जबकि ओभरसिज स्क्रिनिङमा ४५ लाख डलर (करिब ३६.६ भारतीय रुपैयाँ) आम्दानी गरेको छ।
पठानको वर्ल्ड वाइड ओपेनिङ डे रेकर्डले अन्य हिन्दी फिल्मलाई पछि पार्दै पहिलो दिन १०६ करोड भारतीय रुपैयाँ कमाएको छ।
शाहरुख खाननिकट फिल्म निर्देशक करन जौहरले 'पठान'ले १०० करोड आम्दानी पार गरेकोमा बधाई दिएका थिए।
पठानले दोस्रो दिन पनि धुँवाधार कमाइ गरेको छ। ट्रे़ड एनालिस्ट्सका अनुसार यसअघिका सबै रेकर्ड तोड्दै पठानले कमाइ जारी राखेको छ।
प्रतिक्रिया