ad ad

कला


बिहेको तयारीमा नायक पुष्प खड्का

बिहेको तयारीमा नायक पुष्प खड्का

नेपालखबर
माघ १३, २०७९ शुक्रबार १२:१४, काठमाडौँ

अभिनेता पुष्प खड्काले ३४ वर्षको उमेर ब्रतबन्ध गरेका छन्। उनले आफ्नो ब्रतबन्धका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उ

नको ब्रतबन्धको तस्बिर शेयर गर्दै निर्देशक नवल नेपालले पुष्पको बिहे हेर्ने रहर भएको क्याप्सन लेखेका छन्। 

पुष्पको ब्रतबन्ध बिहेको तयारीस्वरुप गरिएको उनका नजिकका साथीहरुले बताएका छन्। लामो समयदेखि प्रेममा रहेका पुष्पले आफ्नी प्रेमीका सार्वजनिक गरेका छैनन्।

उनकी प्रेमीका फिल्म उद्योग बाहिरकी भएको उनीनिकट साथीले बताउँदै आएका छन्। 

यही प्रेमलाई विवाहमा परिणत गर्ने तयारीमा पुष्प छन्। सोही तयारी स्वरुप उनले सरस्वती पूजाको दिन ३४ वर्षको उमेरमा ब्रतबन्ध गरेका हुन्।

फिल्म उद्योगमा स्थापित हुन प्रयासरत पुष्प म्यूजिक भिडिओमा चलेका मोडल हुन्। परिवारको दवाबपछि पुष्प बिहे गर्ने मुडमा पुगेको बताइएको छ।

तर उनले कहिले कहाँबाट बिहे गर्दैछन् भन्ने कुरा भने सार्वजनिक भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .