ad ad

राजनीति


मधेश प्रदेशका दुई मन्त्रीले गरे पदभार ग्रहण

मधेश प्रदेशका दुई मन्त्रीले गरे पदभार ग्रहण

पदभार ग्रहण गर्दै दुई मन्त्री। तस्बिर : नेपालखबर


नेपालखबर
माघ १३, २०७९ शुक्रबार १२:२२, जनकपुरधाम

मधेश प्रदेशका नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन्। बिहीबार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि शुक्रबार बिहान मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन्। 

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका नेकपा एमालेको मधेस प्रदेशको संसदीय दलका नेता सरोजकुमार यादवले मधेश लोकमार्गलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्। 

उनले पदभार ग्रहण गर्दै मधेशको विकासका लागि हरेका जिल्ला तथा पालिकालाई सडक सञ्जालसँग जोड्न मधेश लोकमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

यसका साथै पछिल्लो सरकारको समयमा भएका कामहरुको समीक्षाका साथै बाँकी योजनाहरुको विषयमा आगामी दिनमा काम गर्ने उनले बताए। 

यता शुक्रबार बिहानै जनमत पार्टी वसन्त कुश्वाहाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको पदभार ग्रहण गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताए। 

किसान आन्दोलन जनमत पार्टीले गरेको स्मरण गर्दै उनीहरुको समस्या समाधान नै हाम्रो प्राथमिकतामा रहेको मन्त्री कुश्वाहाले बताए। यसका लागि किसान कार्ड मधेस प्रदेशमा लागु गर्ने योजना रहेको उनले बताए। 

यस अघि कुश्वाहालाई सामाजिक विकास मन्त्रालय दिने सहमति भएपनि अन्तिम समयमा आएर उनलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो। 

सामाजिक विकास मन्त्रालयमा अन्य सत्ता साझेदार दलहरुले समेत अडान नछोडेपछि अन्ततः यो मन्त्रालयको जिम्मेवारी कुश्वाहालाई दिइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .