बलिउड अभिनेता शाहरुख खान अभिनित हिन्दी सिनेमा 'पठान' हेर्न पूर्वरानी कोमल शाह र पूर्वयुराज्ञी हिमानी शाह क्यूएफएक्सको दरबार सिनेम्याक्स मल्टिप्लेक्समा पुगेका छन्।
चार वर्षपछि शाहरुखले कमब्याक गरेको ‘पठान’हेर्न कोमल र हिमानी पूर्वराजपरिवारका अन्य सदस्यहरुसहित सिनेमा हल पुगेका हुन्।
उनीहरुले यही शनिबार साँझ साढे ५ बजेको शोमा ‘पठान’ हेरेका थिए। ‘पठान’ हेरिसकेपछि कोमल र हिमानीले राम्रो लागेको बताएका हल व्यवस्थापनले जनाएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाह यसअघि विभिन्न रेस्टुरेन्टमा पनि पुग्ने गरेका थिए। हलमा आइपुगेका कोमल र हिमानीलाई व्यवस्थापनले स्वागतसमेत गरेको थियो।
माघ १८, २०७९, बुधबार
1.2k
Shares
प्रतिक्रिया