अभिनेत्री केकी अधिकारी फिल्म ‘जय हो’ मा अनुबन्ध भएकी छन्। केकीले फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतसँग लिखित सम्झौता गरेकी छन्।
केकीअघि नै यस फिल्मको शीर्ष भूमिकाका लागि अर्पण थापा, सलोन बस्नेत र माओत्से गुरुङ पक्का भइसकेका छन्। टेक पौरखी राईले निर्देशन गर्ने फिल्म आगामी फागुन २५ गतेबाट छायांकनमा जाने छ।
फिल्म पोखरा र मुस्ताङमा छायांकन गरिने शोभितले बताएका छन्। यो फिल्म राज के अधिकारी र सुरज सरकारले निर्माण गर्नेछन्। फिल्ममा कमेडी, लभस्टोरी र एक्सनको मिश्रण रहने बताइएको छ।
फिल्म आउँने वर्षको भदौमा रिलिज गर्ने तयारीका साथ काम गर्ने शोतिभ बताउँछन्। सुरेश न्यौपानेको पटकथा रहेको फिल्म सलोन सलिना ब्यानरमा निर्माण हुनेछ।
माघ २३, २०७९, साेमबार
प्रतिक्रिया