कला


दीपिका पादुकोणले हटाइन् रणवीर कपुरको ट्याटु, भाइरल भयो तस्बिर

दीपिका पादुकोणले हटाइन् रणवीर कपुरको ट्याटु, भाइरल भयो तस्बिर

नेपालखबर
पुस १४, २०७६ सोमबार १०:२३,

तर उनीहरुको प्रेम सम्बन्ध धेरै समय टिक्न सकेन। दीपिकाले रणवीर कपुरको नाममा ट्याटु नै खोपेकी थिइन्।

अंग्रेजी आरके शब्दको ट्याटु दीपिकाले खोपेकी थिइन्। प्रेम सम्बन्ध असफल भएता पनि दीपिकाले उक्त ट्याटु मेटेकी थिइनन्।

तर गतवर्ष विवाह अगाडि दीपिकाले उक्त ट्याटु मेटेको बताइएको थियो। तर प्रस्ट तस्बिर भने सार्वजनिक भएको थिएन।

दीपिकाले अभिनेता रणवीर सिंहसँग विवाह गरेकी छिन्। यतिबेला दीपिकाले रणवीर कपुरको नाममा खोपेको ट्याटु मेटिएका तस्बिरहरु सार्वजनिक भएका छन्।

यो विषय यतिबेला निकै भाइरल बनिरहेको छ। इन्डियन आइडलमा आफ्नो नयाँ चलचित्र छपाकको प्रमोसनका लागि पुगेकी दीपिकाको ट्याटु पुरा मेटिएको देखिएको हो। एजेन्सी

Image result for ranbir kapur and deepika

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad