कला


‘छड्के २‍.०’बाट निराश अनमोल भन्छन्– मप्रतिको विश्वास फिर्ता ल्याउनेछु

‘छड्के २‍.०’बाट निराश अनमोल भन्छन्– मप्रतिको विश्वास फिर्ता ल्याउनेछु

नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १३:३१, काठमाडौँ

अभिनेता अनमोल केसीले हाल सफलताका साथ हलमा चलिरहेको चलचित्र ‘छक्का पञ्जा ४’लाई बधाई दिएका छन्। आफू अभिनित चलचित्र ‘छड्के २.०’सँगै रिलिज यो चलचित्र बक्स अफिसमा सफल भएको छ। तर अनमोल अभिनित ‘छड्के २.०’ ले व्यावसायिक तथा समीक्षात्मक दुवै रुपमा असफलता बेहोर्नुपर्‍यो। यसैबीच अभिनेता केसीले सामाजिक सञ्जालमा लेख्दै ‘छक्का पञ्जा ४’ टिमलाई बधाई ज्ञापन गरेका छन्।

उनले ‘छड्के २.०’ आफूले लिएको एक ठूलो निर्णय भएको र यसपटक दर्शकको माया र समर्थनलाई न्याय गर्न असफल रहेको महसुस गरेको बताएका छन्। यस क्रममा उनले आफूप्रति दर्शकले गरेको विश्वास फिर्ता ल्याउने वाचासमेत गरेका छन्।

उनले लेखेका छन्, ‘सबैभन्दा पहिले म ‘छक्का पञ्जा ४’का सम्पूर्ण टिमलाई गजबको बेन्चमार्क हासिल गरेकोमा बधाई दिन चाहन्छु। दोस्रो, मलाई माया गर्ने र साथ दिने सबैलाई म धन्यवाद दिन चाहन्छु। ‘छड्के २.०’ मैले लिएको एक ठूलो निर्णय थियो। त्यो पात्रले मलाई रमाइलो बनायो र यसलाई ठूलो पर्दामा प्रस्तुत गर्ने यात्रामा निस्किएँ। तर, मैले यसो गर्दा तपाईंको माया र समर्थनलाई न्याय गर्न असफल भएको महसुस गरेको छु।’

आफूलाई प्रयोग गरेको महसुस गर्दै केसीले लेखेका छन्, ‘एक व्यक्तिको रूपमा म एक सिकारु हुँ र जीवन नामको यो यात्रामा नयाँ अनुभवहरू खोज्छु, जहाँ मैले नेपाली चलचित्र उद्योगलाई आफ्नो मञ्चको रूपमा रोजेको छु। यी धेरै वर्षहरूमा यो मेरो नवौँ चलचित्र थियो, र मैले जे गरेँ, आफू र मेरो कामप्रति सच्चा मनले गरेको छु। आशाको सकारात्मक किरणको साथमा निरन्तर माया र तपाईंहरू सबैको सहयोगले मप्रतिको विश्वास फिर्ता ल्याउनेछु।’

अनमोलले छिट्टै नयाँ चलचित्रको तयारी गरिरहेको बताइएको छ। 

अनमोलको स्टाटस–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad