नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौं संस्करण आजदेखि सुरु हुँदैछ।
दिउँसो ३ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन्धारास्थित सिभिल मलमा रहेको क्यूएफएक्समा महोत्सवको उद्घाटन गर्ने कार्यतालिका रहेको संस्थाका अध्यक्ष केपी पाठकले जानकारी दिए। ६ चैतसम्म सञ्चालन हुने यस संस्करणबाट निफले पहिलोपटक फिल्म हलमा प्रतिस्पर्धी चलचित्रहरू प्रदर्शन गर्न लागेको छ।
मक्युएफएक्स सिनेमाका फ्रन्चाइज सिभिल मल, लविम मल र भक्तपुर हलमा ३५ देशका ९५ फिल्म देखाइने जानकारी उनले दिए। जुरीले ५५ देशबाट प्राप्त ५ सय फिल्मबाट ती फिल्महरू छानेका हुन्।
महोत्सवमा प्रदर्शन हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्मबाट ७ विधामा १४ पुरस्कार वितरण गरिनेछ।
अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड र इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिजका जुरीको तर्फबाट डन क्विजोट अवार्ड पनि प्रदान गरिनेछ।
सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट छोटो फिल्मलाई ५ सय डलरको बाग्मती अवार्ड प्रदान गरिनेछ।
नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार र सर्टमध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिने अध्यक्ष पाठकले बताए।
महोत्सवमा प्रदर्शन हुने चलचित्रको सूची यस्तो रहेको छ:


Shares

प्रतिक्रिया