कला


बन्ने भयो शोभितको ‘जय हो’

बन्ने भयो शोभितको ‘जय हो’

नेपालखबर
चैत ३, २०७९ शुक्रबार ९:२, काठमाडौँ

नेपाली फिल्म ‘जय हो’ निर्माणको औपचारिक घोषणा गरिएको छ। शोभित बस्नेत प्रस्तुतकर्ता रहने यो फिल्म टेक पौरखी राईले निर्देशन गर्नेछन्। फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङलगायत कलाकारले अभिनय गर्नेछन्।

फिल्ममा द्वन्द्व निर्देशनमा सम्राट बस्नेत, कोरियोग्राफीमा कबिराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह, मुख्य सहायक निर्देशकमा दिप्तप्रकाश अधिकारी, प्रोडक्सन म्यानेजरमा केबलमान सिङ बस्नेत र गणेश भण्डारी, निर्माण संयोजकमा सुभाष काफ्ले दु:खी छन्।

सिनेमा यही चैत्त ५ देखि फ्लोरमा जाने सिनेमाको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ। सुरेश न्यौपानेको कथा लेखन रहेको सिनेमामा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ। कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने सिनेमा आगामी भदौ ८ अर्थात् अगस्ट २५ मा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ। 

सलोन सलिना फिल्म्स्‌को ब्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन्। अधिकारी र सरकार जय हो बिजनेस ग्रुप र सनराइज ग्रुप अस्ट्रेलिया रकडेलका सञ्चालक हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad