इजरायली सेनाले कब्जा गरेको प्यालेस्टाइनको जेनिन सहरमा ४ स्थानीयको हत्या भएको छ। प्यालेस्टाइन अधिकारीहरूले हत्याको पुष्टि गरेका छन्।
प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा एक १६ वर्षीय बालक पनि छन्।
जेनिनमा छापा मार्ने क्रममा बिहीबार दिउँसो इजरायल डिफेन्स फोर्स (आईडीएफ), शिन बेट सुरक्षा सेवा र सीमा पुलिसका विशेष बलहरू सहरमा पुगका थिए।
त्यसैक्रममा गोलाबारी समेत भएको रोयटर्सले जनाएको छ। 'उनीहरूले ढोका खोले र एकले निदाल खाजेमको टाउकोमा गोली हाने,' अहमद खलाफले रोयटर्सलाई बताएका छन्, 'युसुफ श्रिम भाग्ने प्रयास गरे, तर विशेष बलहरूले उनको पछि दौडे र सडकमा गोली हाने।'
आक्रमणमा मारिने चौथो व्यक्ति को हुन् भन्ने पहिचान खुलेको छैन।
आक्रमणमा परी २० प्यालेस्टाइनी घाइते भएका छन्, जसमध्ये चार जनाको अवस्था गम्भीर छ ।
इजरायली सेनाले मारिएका मध्ये २ जना आतंकवादी गतिविधिमा संलग्न रहेको र एकले आक्रमण गर्ने प्रयास गरेपछि गोली चलाउनुपरेको बताएको छ।
इजरायलको क्याकडाउन सहरमा प्यालेस्टाइनी हमला बढेपछि स्थिति बिग्रिँदै गएको छ। यस क्रममा आक्रमणकारी र आम नागरिक दुवैको मृत्यु भएको छ ।
इजरायली सेनाको कारबाहीमा सर्वसाधारणसहित ८० जना मारिएका छन् भने इजरायलमा प्यालेस्टिनीले गरेको आक्रमणमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ।
Shares

प्रतिक्रिया