समाज


उपभोक्ताको अलग्गै मन्त्रालय गठन गर्न महासंघको माग

उपभोक्ताको अलग्गै मन्त्रालय गठन गर्न महासंघको माग

नेपालखबर
चैत ३, २०७९ शुक्रबार ९:२४, काठमाडौँ

 

नेपाली उपभोत्ता संरक्षण महासंघ उपभोक्ताको छुट्टै मन्त्रालय गठन गर्न माग गरेको छ।

हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा संरक्षण विभागले उपभोक्ता हकहित सम्बन्धि विषयलाई हेर्नेगर्छ। तर महासंघले उपभोक्ता हकहितका लागि छुट्टै मन्त्रालय नै गठन आवश्यक रहेको बताएको हो।

आम उपभोक्ताले भोग्नुपरेको कालोबजारी, भ्रष्टाचार, कुुशासन, गुणस्तरहिन/अखाद्य वस्तु तथा सेवाकाविरुद्ध महासंघले तत्काल अधिकार सम्पन्न अनुगमन समिति समेत  गठन गर्न माग गरेको छ।  

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै नेपाली उपभोक्ता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउदले सरकारी अनुगमन समितिको प्रभावकारितामा प्रश्न उठाए। अधिकारसम्पन्न अनुगमन समिति गठन हुनुपर्ने र उपभोक्ताहरुको अलग्गै मन्त्रालय गठन हुनुपर्ने उनको भनाइ थियो।

अध्यक्ष साउदले उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरण लगायतको कार्यमा सरकार र सम्बन्धित निकाय लाग्न नसकेको बताए।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना र काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा भएको कार्यक्रममा मुख्य सचिव मधुसुधन मरासैनि, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, उपभोक्ता अधिकारकर्मीलगायत सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad