यही मार्च १९ मा सलमान खानलाई लरेन्स बिश्नोई गिरोहबाट इमेलमार्फत ज्यान मार्ने धम्की आयो। त्यसयता उनको घर ग्यालेक्सी अपार्टमेन्टको सुरक्षा बढाउँदै अस्थायी प्रहरी चौकी बनाइएको छ। यसमा दुई जना सहायक प्रहरी निरीक्षक (एपीआई) र ८–१० हवल्दार २४ घण्टा खटिएका छन्।
अहिले सलमानका एक नजिकका साथीले सलमानले धम्कीलाई सामान्य रूपमा लिइरहेको बताएका छन्। धम्कीप्रति सलमानले सामान्य प्रतिक्रिया जनाउनुको कारणचाहिँ उनी आफ्ना कारण परिवारका अन्य सदस्य चिन्तामा नपरून् भन्ने चाहन्छन्। तर सलमानलाई आएको धम्कीबाट उनको पूरै परिवार डराएको छ, तर कसैले कसैका अगाडि आफ्नो डर देखाउँदैनन्।
धम्की आएपछि सलमानका बुबा रातभर सुत्न सकेका छैनन्
सलमानका नजिकका साथीले ईटाइम्सलाई दिएको अन्तर्वार्तामा बताएअनुसार उनका बुबा सलिम शान्त त देखिएका छन्, तर उनको परिवारलाई थाहा छ– उनी हिजोआज रातभर सुत्न सक्दैनन्।
प्रहरीले दिएको सुरक्षाप्रति सलमान असन्तुष्ट
लरेन्स बिश्नोई र उनका सहयोगीहरूविरुद्ध मुद्दा दायर
ईटाइम्सको रिपोर्टअनुसार सलमानलाई ज्यान मार्ने धम्की दिएकामा लरेन्स बिश्नोई, गोल्डी ब्रार र रोहित गर्गविरुद्ध आईपीसीको धारा ५०६ (२), १२० (बी) र ३४ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यससँगै साइबर सेलले आईपीमार्फत धम्कीपूर्ण इमेल पठाउने व्यक्तिको नाम र ठेगाना पत्ता लगाउने प्रयास गरिरहेको छ।
लरेन्सले टीभी अन्तर्वार्तामा सलमानलाई मार्ने धम्की दिएका थिए
कालो हरिण प्रकरणपछि लरेन्स सलमानलाई मार्न चाहन्छन्
लरेन्सले उक्त अन्तर्वार्तामा भनेका थिए– सलमान खानको अहंकार रावणको भन्दा बढी छ। सिद्धु मुसेवाला पनि यत्तिकै अहंकारी थिए। बाल्यकालदेखि नै मेरो लक्ष्य सलमान खानलाई मार्ने हो। म चार/पाँच वर्षको हुँदा सलमानले कालो हरिण मारेका थिए। बिश्नोई समुदायका मानिसहरूले कालो हरिणको पूजा गर्छन्। सलमानले आफ्नो अपराधका लागि हाम्रो समाजसँग माफी पनि मागेका छैनन्। दैनिक भास्करबाट
Shares

प्रतिक्रिया