ad ad

कला


देशप्रतिको सोच धेरै हदसम्म चलचित्रले नै पार्ने गरेको हुन्छ– निर्देशक सायमी

देशप्रतिको सोच धेरै हदसम्म चलचित्रले नै पार्ने गरेको हुन्छ– निर्देशक सायमी

नेपालखबर
चैत ८, २०७९ बुधबार १०:५, काठमाडौँ

चलचित्र हेर्न पुगेका दर्शकलाई सजिलै पात्र र त्यहाँको संसारसँग जोड्न सक्नु निर्देशकको खुबी हो। पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ। अभिनेता वा अभिनेत्रीझैँ पहिरन लगाउने, खाने कुरा खाने र समाजमा आफ्नो विचार दिने पनि हुन्छ। निर्देशकसँगै समीक्षकसमेत रहेका निर्देशक प्रकाश सायमी चलचित्रले बिस्तारै प्रभाव पार्ने बताउँछन्। 

‘कुनै देशप्रतिको सोच धेरै हदसम्म चलचित्रले नै पार्ने गरेको हुन्छ। उनीहरूको संस्कृति, वेशभूषा र जीवनशैलीसमेत हामीले चलचित्रमार्फत लिइरहेका हुन्छौँ। यो नजानिँदो किसिमले हामीमा परिरहेको प्रभाव हो’, निर्देशक सायमीले भने, ‘चलचित्र हेर्दा विचार गर्नुस् त हिरोहरू आफूलाई जोखिममा राखेर भए पनि अरुको रक्षा गर्छन्। त्यो केही चलचित्रमा देशले पनि गरेका छन्। यसले केही न केही प्रभाव त छाडेको छ।’

उनले नेपालमै बालबालिकाले विदेशी कार्टुन र शृङ्खला हेरेर त्यही भाषासमेत सिकिरहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .