ad ad

कला


‘अमिन राष्ट्रिय म्युजिक अवार्ड’– कसले कुन पुरस्कार पाए? (सूची)

‘अमिन राष्ट्रिय म्युजिक अवार्ड’– कसले कुन पुरस्कार पाए? (सूची)

नेपालखबर
चैत १४, २०७९ मंगलबार ११:१२, काठमाडौँ

नेपाल संगीत उद्योग संघको आयोजनामा राजधानीमा दोस्रो संस्करणको ‘अमिन राष्ट्रिय म्युजिक अवार्ड २०७९’ सम्पन्न भएको छ। संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. भोला रिजाल र संगीतकार सुरेश अधिकारीलाई ‘स्रष्टा सम्मान’, अभिनेता शिव श्रेष्ठलाई ‘कलाकारिता सम्मान’, पत्रकारद्वय तुलसी गिरी ‘भावुक’ र सुमन पण्डितलाई ‘पत्रकारिता सम्मान’, हेमराज ढकाल, सुमित केडिया, भक्त हमाल, नरेशलाल श्रेष्ठ, नानीराज घिमिरे र रविन श्रेष्ठलाई ‘व्यावसायिक सम्मान’ तथा म्युजिक नेपाललाई ‘उत्कृष्ट म्युजिक कम्पनी’को सम्मान गरियो। 

अवार्डतर्फ ‘म के गरुँ’का लागि रामचन्द्र लाम्गादेले ‘बेस्ट न्यु लिरिक्स’, ‘नढाँटन है’का लागि दीपक लिम्बुले ‘बेस्ट सिंगर (मेल)’, ‘बिहानीको मिर्मिरे उज्यालोमा’का लागि बबिता मानन्धरले ‘बेस्ट सिंगर (फिमेल), ‘ज्यालाको पर्दा’का लागि गोविन्द लिम्बुले ‘बेस्ट न्यु सिंगर (मोर्डन सङ)’ र ‘छैन है गुनासो’का लागि डीपी खनालले ‘बेस्ट लिरिक्स (मोडर्न सङ)’को अवार्ड जिते। 

त्यस्तै ‘ए होर माया’का लागि विमल अधिकारीले ‘बेस्ट मोडल मेल (मोडर्न सङ)’, ‘तिम्रो मेरो प्रित’का लागि अनुप बोहोराले ‘बेस्ट मोडल मेल (पपुलर अवार्ड–मोर्डन सङ)’, ‘चाहिँदैन तिम्रो माया’का लागि समीप निरौलाले ‘बेस्ट मोडल मेल (जुरी अवार्ड–मोडर्न सङ)’, ‘तिमी छौ र पो’का लागि अशोक बिकेले ‘बेस्ट भिडिओ डिरेक्टर (पपुलर अवार्ड)’, ‘दर्पण छायामा’का लागि राहुल बराइलीले ‘बेस्ट भिडिओ डिरेक्टर’को अवार्ड सुरक्षित गरे।

यस्तै ‘तिम्रो मेरो प्रित’का लागि सिर्जना कार्कीले ‘बेस्ट न्यु मोडल फिमेल (मोडर्न सङ), ‘आमा’का लागि राजा राजेन्द्र पोखरेलले ‘बेस्ट म्युजिक (मोडर्न सङ), ‘तिम्रो मेरो जीवनमा’का लागि शंकर थापा स्माइलले ‘बेस्ट म्युजिक (पप सङ)’, ‘चाहिएन’का लागि जीवन पन्तले ‘बेस्ट डिकेड सङ(फोक सङ), ‘पहिलो भेटको हेराइमा’का लागि लिना राईले ‘बेस्ट डिकेड सङ’, ‘झरनाको चिसो पानी’का लागि निरजकुमार सुनारले ‘बेस्ट डिकेट म्युजिक’, ‘सगरमाथा यही’का लागि हरिगोपाल प्रधानले ‘बेस्ट डिकेड म्युजिक (जुरी अवार्ड)’ पोल्टामा पारे।

यसैगरी ‘पानी चल्दैन’का लागि यश कुमारले ‘बेस्ट डिकेड सिंगर’, ‘देश निर्माणका संकल्प’का लागि धनु ग्याङमीले ‘बेस्ट सङ विथ नेसनल स्पिरिट (पब्लिक च्वाइस अवार्ड)’, ‘जय जय देश जय जय नेपाल’का लागि रोहितकुमार बस्नेतले ‘बेस्ट सङ विथ नेसनल स्पिरिट (इन्करेजमेन्ट अवार्ड)’, ‘हिमालबाट हिउँ पग्ली’का लागि चिन्तामणि शिवाकोटीले ‘बेस्ट सङ विथ नेसनल स्पिरिट’, ‘घर त सिम्ले’का लागि दीपसागर थापाले ‘बेस्ट सिंगर (फोक सङ–जुरी अवार्ड)’ जिते। 

त्यस्तै ‘कहिले गर्छौ बिहे’का लागि विनोद दनुवारले ‘बेस्ट सिंगर (फोक सङ)’, ‘हे मेरो सानु’का लागि सरोज लामिछानेले ‘बेस्ट सिंगर (काठे फोक सङ)’, ‘डाँडाघरे साइली’का लागि श्रीकृष्ण बम मल्लले ‘बेस्ट रिदम (फोक सङ)’, ‘एक्लो न्याउली’का लागि विनोद भण्डारीले ‘बेस्ट भिडिओ डिरेक्टर (फोक सङ)’, ‘मुना मदन’का लागि जेबी ओलीले ‘बेस्ट सिंगर (फोक सङ)’ अवार्ड चुमे। 

त्यसैगरी ‘एउटा सपना’का लागि पार्वती न्यौपानेले ‘बेस्ट न्यु सिंगर फिमेल (फोक सङ)’, ‘झ्याप्पै बस्यो माया’का लागि देवेन्द्र भट्टराईले ‘बेस्ट न्यू सिंगर मेल (फोक सङ)’, ‘माइतीको घर’का लागि लक्ष्मी रेग्मीले ‘बेस्ट लिरिक्स(फोक सङ–जुरी अवार्ड)’, ‘मेची महाकाली’का लागि खिमानन्द खरेलले ‘बेस्ट न्यु  रिलिक्स (फोक सङ–पब्लिक च्वाइस अवार्ड)’ पाए।

यसैगरी ‘चोली ढाकाले’का लागि निरज भट्टले ‘बेस्ट न्यु लिरिक्स (फोक सङ)’, ‘सम्झना मनैमा’का लागि प्रवेश श्रेष्ठले ‘बेस्ट न्यु मोडल मेल (फोक सङ)’, ‘बस्यो दिलैमा’का लागि टीका भुजेलले ‘बेस्ट मोडल मेल (पपुलर अवार्ड)’, ‘ए परदेशी’का लागि सुनिल लामिछानेले ‘बेस्ट मोडल मेल (फोक सङ)’, ‘ढुंगे धारैको’का लागि रिना थापा मगरले ‘बेस्ट मोडल फिमेल(फोक सङ)’, ‘कहाँ हो तिम्रो घर’का लागि पूजा पुरीले ‘बेस्ट सिंगर फिमेल (फोक सङ)’, ‘जहाँ छन् बुद्धका आँखा’का लागि बमबहादुर थापाले ‘पपुलर अवार्ड’, ‘मनमा बिलारी’का लागि शक्ति चन्दले ‘बेस्ट टप्पा सङ’, ‘के गुलियो छ सख्खर चिनी’का लागि पदम राईले ‘पब्लिक च्वाइस अवार्ड (मोडर्न सङ), ‘हास्नुपर्छ जिन्दगीमा’का लागि राजेश एकलले ‘जुरी अवार्ड (मोडर्न सङ)’ र ‘कति मीठो राम साइला’का लागि खुसी थुलुङ राईले ‘बेस्ट न्यु सिंगर (जुरी अवार्ड)’ जिते। 

त्यस्तै ‘छुट्नलाई पो रैछ क्यारे’का लागि प्रभा बर्तौलाले ‘बेस्ट लिरिक्स (लोक गीत)’, ‘धोका’का लागि आरके परियारले ‘बेस्ट मोडल (न्यु ट्यालेन्ट)’, ‘सोल्टी बजार’का लागि निश्चल दवाडीले ‘बेस्ट लिरिक्स (फोक सङ)’, ‘खाडी मुलुक ८ (परदेशीको पैसाको भर छैन)’ का लागि ललित केसीले ‘बेस्ट भिडिओ डिरेक्टर (पब्लिक च्वाइस अवार्ड)’ पाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .