भोजपुरी अभिनेत्री आकांक्षा दुबेको मृत्यु प्रकरणमा प्रहरीले फरार अभियुक्त समर सिंहलाई गाजियाबादबाट पक्राउ गरेको छ।
सिंहलाई शुक्रबार गाजियाबाद अदालतमा पेश गरिनेछ भने त्यहाँबाट ट्रान्जिट रिमान्ड लिएर वाराणसी लगिने बीबीसीले जनाएको छ।
२६ मार्चमा आकांक्षाको शव वाराणसीको एक होटलमा भेटिएको थियो। उनी फिल्मको सुटिङका लागि वाराणसी गएकी थिइन्।
उनको मृत्युपछि उनकी आमाको उजुरीमा वाराणसीको सारनाथ प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको।
यस एफआईआरमा आमा मधु दुबेले भोजपुरी गायक समर सिंह र उनका भाइ सञ्जय सिंहमाथि छोरीको ‘हत्या’ गरेको आरोप लगाएकी छन्।
UP | Ghaziabad police have arrested Samar Singh, the absconding accused in Bhojpuri actress Akanksha Dubey's alleged suicide case from Ghaziabad.
A case was registered under Sec 306 of IPC against two persons namely, Samar Singh, who is associated with Bhojpuri films, and Sanjay… pic.twitter.com/pRjLoqclow — ANI UP/Uttarakhand (@ANINewsUP) April 7, 2023
Shares

प्रतिक्रिया