कला


आफ्नै ग्ल्यामरस छविसँग हारेर पलायन भएकी आयशा

आफ्नै ग्ल्यामरस छविसँग हारेर पलायन भएकी आयशा

नेपालखबर
बैशाख २७, २०८० बुधबार १४:२४, काठमाडौँ

बलिउडमा ९० को दशककी उत्कृष्ट अभिनेत्री हुन्– आयशा जुल्का। उनी झण्डै १ दशक भयो बलिउडमा देखा नपरेको। दशकपछि उनले शोबिजमा पुनरागमन गरिन्। पुनरागमनका लागि उनले ओटीटी मार्ग रोजिन्।

बलिउडमा उनलाई आमिर खानको फिल्म ‘जो जीता वही सिकन्दर’का लागि याद गरिन्छ। उनले ‘खिलाडी’, ‘बलमा’, ‘संगम’, ‘रङ’ लगायत थुप्रै फिल्ममा अभिनय गरेकी छिन्। उनले हरेक फिल्ममा अविस्मरणीय भूमिका निर्वाह गरेकी छन्।

बलिउडमा सफल करियर बनाएपछि उनले अभिनयबाट ब्रेक लिएकी थिइन्, त्यसपछि उनले ओटीटी मार्फत कमब्याक गरिन्। पछिल्लो समय उनले खुलेर आफ्नो जीवनका बारेमा कुरा गरेकी छन्।

सन् २०१८ मा ‘जिनियस’ मा काम गर्नुअघि उनी आठ वर्षको लागि ब्रेकमा थिइन्। त्यो समयको आफ्नो निर्णयलाई आयशाले सचेत निर्णय भएको बताएकी छन्।

उनले भनेकी छन्, ‘मैले आफूलाई कुनै प्रोजेक्टमा संलग्न गरेमा त्यसमा राम्रो काम गर्न सक्नुपर्छ भन्ने लागेको थियो, तर मलाई अभिनय गर्ने मौका दिइयो भने मात्र त्यो हुन सक्छ। यो भइरहेको थिएन र मलाई प्रोजेक्टमा प्रोपको रूपमा व्यवहार गरिएको थियो र यो वास्तवमै मलाई उपयुक्त थिएन, त्यसैले मैले ती भूमिकाहरू समाप्त गर्नुपर्यो।’

आयशाले भनिन्, ‘हरेक अभिनेत्री राम्रो मौका चाहन्छन्। कुनै पनि अभिनेत्री ग्ल्यामरस गर्ल बन्न चाहँदैनन्। म पनि त्यही चाहन्थेँ। ग्ल्यामरस केटीको भूमिका देख्दा थकित भएँ, त्यसैले अभिनयबाट ब्रेक लिने सोचमा पुगेँ।’

आयशाले फिल्म जगत बाहेक ओटीटीमा आफ्नो फरक पक्ष पत्ता लगाएको बताएकी छन्।

आइशाले अगाडि भनेकी छन्, ‘मलाई अफर भइरहेको क्यारेक्टरको विरुद्धमा मसँग केही छैन, तर मलाई त्यस्तै किसिमको फिल्मबाट अफर आइरहेको थियो। मैले राम्रो लुगा लगाउने, रोमान्स गर्ने, नाच्ने र सुन्दर देखिने मात्रै हो भन्ने महसुस गर्न थालें। जबसम्म तपाईं नयाँ हुनुहुन्छ, यो सबै तपाईंको लागि राम्रो छ, तर तपाईं यो पेशामा अघि बढ्दै जाँदा, तपाईं आफ्नो अभिनयको लागि पनि परिचित हुनुहुन्छ। मैले गरेको सिनेमा र चलचित्रबाट सन्तुष्टि पाइनँ। म मेरो क्षमता र कलालाई दर्शकमाझ पुर्याउने कामको लागि भोको थिएँ। ओडिटीले मेरो परिभाषा परिवर्तन गरिदियो। मेरो ग्ल्यामर गर्लको छवि तोडेर यसले नयाँ रुप दियो।’

आयशाको ओटीटी डेब्यू २०२२ मा ‘हुश हुश’बाट भएको थियो, जसमा कृतिका कामरा र सोहा अली खानसँगै ९० को दशककी अर्की हिट हिरोइन जुही चावलाले अभिनय गरेका थिए।

आयशाले भनिन्, ‘ओटीटी हाम्रो लागि गेम चेन्जर भएको छ, विशेष गरी केहि फरक गर्न चाहने अभिनेत्रीहरूका लागि। यो हाम्रो लागि वरदान हो। यहाँ हामीले हाम्रो अभिनय कौशल प्रदर्शन गर्ने र रोचक पात्रहरू खेल्ने मौका पाउँछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .