कला


एलजी सिने सर्कल अवार्ड : भान्से र मेकपम्यानलाई दीर्घ साधना सम्मान

एलजी सिने सर्कल अवार्ड : भान्से र मेकपम्यानलाई दीर्घ साधना सम्मान

तस्बिर : सरोज नेपाल


नेपालखबर
बैशाख २९, २०८० शुक्रबार २१:७, काठमाडौँ

नेपालमा हुने अधिकांश अवार्ड तथा सम्मान समारोहमा पर्दामा देखिने, चर्चामा आउनेलाई सम्मान गरिएको भेटिन्छ। तर शुक्रबार भएको एलजी सिने सर्कल अवार्डमा भने फरक दृश्य देखियो। 

उक्त अवार्ड समारोहमा भात पकाउने भान्से र मेकअप मेनलाई दीर्घ साधना सम्मान प्रदान गरियो।

बिगत ४० वर्षदेखि फिल्म छायांकन सेटमा भान्साको काम गर्दै आएका कुल बहादुर महतलाई ५१ हजार राशी सहितको दीर्घ साधना सम्मान प्रदान गरियो। हाल असनको एउटा कोठामा एक्लै बस्दै आएका महतलाई फिल्म उद्योगमा जेठा दाईको नामले सम्बोधन गरिन्छ।

यसैगरी दुई दशक लामो समय फिल्ममा मेकअप आर्टिसका रुपमा काम गरेका सन्तु तामाङलाई ५१ हजार राशी सहित दीर्घ साधना सम्मान प्रदान गरियो। 

कोरोनाका कारण ३ वर्षदेखि हुन नसकेको एलजी सिने सर्कल अवार्डमा यो वर्ष ३ वर्षको अवार्ड एकै पटक प्रदान गरियो।

यस वर्षका लागि अभिनेतामा हरिवंश आचार्यलाई फिल्म ‘महापुरुष’का लागि सर्वोकृष्ट अभिनेताको अवार्ड प्रदान गरियो। अभिनेत्री तर्फ फिल्म ‘झिंगे दाउ’बाट केकी अधिकारीले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन्। 

एलजी सिने सर्कलका बिजेताहरु यसप्रकार छन्ः
२०७७ का अवार्ड बिजेता कलाकार
सर्वोत्कृष्ट स्क्रिन प्ले – दिपेन्द्र लामा/सामिप्यराज तिमिल्सिना (गोपी)
सर्वोत्कृष्ट छायांकार – मानकृष्ण महर्जन (छिरिङ)
सर्वोत्कृष्ट फिल्म सम्पादन– निमेष श्रेष्ठ (साइली)
सर्वोत्कृष्ट अभिनेता – विपिन कार्की (गोपी)
सर्वोत्कृष्ट अभिनेत्री – स्वस्तिमा खड्का (बुलबुल)
सर्वोत्कृष्ट निर्देशक –दिपेन्द्र लामा (गोपी)
सर्वोत्कृष्ट फिल्म – गोपी

२०७८ अवार्ड बिजेता कलाकार
सर्वोत्कृष्ट स्क्रिन प्ले – दीवेन्द्र के खनाल (आमा)
सर्वोत्कृष्ट युगल जोडी कलाकार – पल शाह, पूजा शर्मा (म यस्तो गीत गाउँछु २)
सर्वोत्कृष्ट छायांकार – सौरभ लामा (प्रेम गीत)
सर्वोत्कृष्ट फिल्म सम्पादक –दीर्घ खड्का (आमा)
सर्वोत्कृष्ट अभिनेता – दयाहाङ राई ( कबड्डी ३)
सर्वोत्कृष्ट अभिनेत्री – सुरक्षा पन्त (आमा)
सर्वोत्कृष्ट निर्देशक – दीपेन्द्र के खनाल (आमा)
सर्वोत्कृष्ट फिल्म –आमा

२०७९ का अवार्ड बिजेता कलाकार 
सर्वोत्कृष्ट एक्सन कोडिनेटर – रोशन श्रेष्ठ (नालापानी)
सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायन गायक  – रामकृष्ण ढकाल (हिजोआजका कुरा)
सर्वोत्कृष्ट चलचित्र पाश्व गायन गायिका –अस्मिता अधिकारी (बाबरी)
सर्वोत्कृष्ट चलचित्र संगीतकार – दीपक शर्मा (छक्का पञ्जा ४)
सर्वोत्कृष्ट चलचित्र गीतकार – राजेश श्रेष्ठ (प्रेमगीत ३)
सर्वोत्कृष्ट युगल जोडी कलाकार – धिरज मगर÷अदिती बुढाथोकी (बाबरी)
सर्वोत्कृष्ट कोरियोग्राफर – कविराज गहतराज (छक्का पञ्जा ४)
सर्वोत्कृष्ट फिल्म सम्पादन –मनिश शाह/भूपेन्द्र अधिकारी (प्रेम गीत २)
सर्वोत्कृष्ट छायांकार – बिष्णु कल्पित (झिंगेदाउ)
सर्वोत्कृष्ट निर्देशक – प्रदीप भट्टराई (महापुरुष)
सर्वोत्कृष्ट अभिनेता – हरिबंश आचार्य (महापुरुष)
सर्वोत्कृष्ट अभिनेत्री – केकी अधिकारी (झिंगेदाउ)
सर्वोत्कृष्ट फिल्म – महापुरुष

कृटिक्स अवार्ड
अभिनेता प्रदीप खड्का (प्रकाश)
अभिनेत्री – दीया मास्के (प्रकाश) 

ट्रेन सेट अवार्ड
विदेशमा नेपाली फिल्म प्रदर्शन – सन्तोष सेन (प्रेम गीत २)
फिल्म निर्माणको धार परिवर्तन – सौगात मल्ल (लुट)
सर्वाधिक सफल चलचित्र – दीपकराज गिरी÷दीपाश्री निरौला (छक्का पञ्जा सिरिज)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad