ad ad

कला


८ वर्षीया इनायतको शाहरुखसँग स्क्रिन शेयर गर्ने सपना

८ वर्षीया इनायतको शाहरुखसँग स्क्रिन शेयर गर्ने सपना

नेपालखबर
बैशाख ३१, २०८० आइतबार २०:४५, काठमाडौँ

रणवीर कपुर र श्रद्धा कपुर अभिनितको फिल्म ‘तू झुठी मै मक्कर’मा एउटी सानी केटी देखिन्छिन्। उनलाई सबैले सम्झना गर्छन्। उनी हुन् ८ वर्षिया इनायत वर्मा। सानै उमेरमा आफ्नो अभिनयले सबैको मन जितेकी इनायत अहिले इन्डस्ट्रीको सबैभन्दा धेरै माग भएकी बाल–कलाकार हुन्।

इनायत ४ वर्षको उमेरदेखि नै क्यामेराको अगाडि देखिँदै आएका हुन्। उनी सन् २०२० मा फिल्म ‘लुडो’ अभिषेक बच्चनकी छोरी बनेकी थिइन। 

इनायतले आफ्नो पहिलो अनुभवका बारेमा भनेकी छिन्, ‘मैले पहिलो पटक ४ वर्षको उमेरमा क्यामेरा फेस गरें। मेरो पहिलो टिभी कार्यक्रम ‘सबसे बडा कलाकार’ थियो। 

मैले यसको लागि चण्डीगढ, त्यसपछि दिल्ली र मुम्बईमा अडिसन दिएँ। यहीँबाट मेरो यात्रा सुरु भयो। अहिले मलाई पनि यस क्षेत्रको धेरै ज्ञान छ।’

इनायतको अभिनय यात्राको शुरुवातमा उनकी आमा मोनिका वर्माले भनिन्, ‘एक दिन पूरै परिवार विवाहको लागि कतै गएको थियो। हामी घरमा थियौं, जब मैले बच्चाहरूको अडिसनका लागि रियालिटी शोको खोजी गरे। चण्डीगढमा ‘सबसे बडा कलाकार’ शोको अडिसन चलिरहेको थाहा भयो। मैले मेरो श्रीमानलाई यसमा इनायतलाई अडिसन दिन भनेँ। सुरुमा उनले अस्वीकार गरे तर पछि राजी भए।’

उनले अगाडी भनेकी छिन्, ‘म, इनायत र उनका बुबा चण्डीगढ गयौं, तर म इनायतसँगै अडिसन दिन गएँ। हामी बिहान ६ बजेदेखि अडिसन लाइनमा उभिएका थियो, उनको पालो ११ नम्बरमा आयो।  पहिलो राउण्डमा नै इनायतको कामको निर्णायकहरुले प्रशंसा गरेपछि उनले तीनै राउण्ड राम्रोसँग पार गरिन। शोको अर्को अडिसनका लागि उनलाई दिल्ली बोलाइएको थियो। जब मैले इनायतको छनोटको बारेमा उनका बुबालाई भनें, उनले पत्याउन सकेनन्। यसबाट हाम्रो सम्पूर्ण परिवार धेरै खुसी थियो।’

यो समय आफूलाई स्कुलका साथी, शिक्षक र आफन्तले राम्रो साथ दिएको इनायतले बताएकी छिन्। सन् २०२२ मा रिलिज भएको इनायतको फिल्म ‘शाबास मिथु’ रिलिज हुँदा विद्यालयका बालबालिकाले कक्षाका केही बालबालिकालाई हलमा निशुल्क देखाइएको थियो।

फिल्म हेरेपछि साथीले दिएको प्रतिकृयाले आफू निक्कै खुशी भएको इनायतले बताएकी छिन्। इनायतले यो फिल्ममा तापसी पन्नुको बाल्यकालको भूमिका निर्वाह गरेकी थिइन।

‘शाबास मिथु’मा गरेको अभिनयकै कारण इनायतले अर्को फिल्म ‘तू झुठी मै मक्कर’मा अडिसन दिनु परेन। यो फिल्ममा काम गर्दा निकै रमाइलो अनुभव गरेको उनले बताएकी छिन्। उनले भनेकी छिन्, ‘यो फिल्मको सुटिङका क्रममा मैले रणवीर कपूर, श्रद्धा कपूरसँग धेरै रमाइलो गरें। श्रद्धा दिदी धेरै मीठो मान्छे छिन्। म सधैं उनीसँग सेटमा बसेर कुराकानी गर्थें। उस्तै रणवीर भैया पनि धेरै रमाइलो गर्थे।’

शाहरुख खानसँग काम गर्ने सपना
इनायत भन्छिन्, ‘मेरो सपना शाहरुख सरसँग काम गर्ने हो। म उहाँलाई भेट्न चाहन्छु। उहाँलाई एकपटक भेट्ने मौका मिलेको थियोे तर भेट्न सकिन। म उहाँसँग एउटा फिल्म गर्न चाहन्छु, जसमा म उहाँकी छोरीको भूमिका निर्वाह गर्नेछु।’

उनले अगाडी भनेकी छिन्, ‘फिल्मको कथा हामी दुईको वरिपरि घुम्नुपर्छ। मलाई त्यो फिल्ममा आमा, हजुरआमा जस्ता पात्र चाहिँदैन। हामी दुवै फिल्मको मुख्य कलाकार हुनुपर्छ।’

म प्रियंका चोपडा जस्तै बन्न चाहन्छु
इनायत भन्छिन्, ‘मलाई आलिया भट्ट र प्रीति जिन्टा धेरै प्यारो लाग्छ, दुबै मेरो मनपर्ने कलाकार हुन्।

तर, भविष्यमा म प्रियंका चोपडा जस्तै बन्न चाहन्छु। उनी विश्वभर निकै चर्चित छिन्, उनले बलिउड र हलिउड दुवैमा आफ्नो पहिचान बनाएकी छिन्। मलाई लाग्छ यो ठूलो उपलब्धि हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .