ad ad

कला


‘मीरा : स्याडो अफ अ रेन्बो’को पहिलो पोस्टरमा अटिजमको कथा

‘मीरा : स्याडो अफ अ रेन्बो’को पहिलो पोस्टरमा अटिजमको कथा

नेपालखबर
जेठ १९, २०८० शुक्रबार १४:३६, काठमाडौँ

नेपाली फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को पहिलो पोस्टर सार्वजनिक भएको छ।

सार्वजनिक पोस्टरमा बच्चामा देखिएको अस्वाभाविक मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राइभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षलाई देखाउन खोजिएको छ। पेस्टरमा दुई महिला र एक बालकलाई देख्न सकिन्छ।

फिल्मकी शिर्ष कलाकार सुरविना कार्की र अनिता पण्डितसँगै बाल कलाकार आश्वि घिमिरेलाई पोस्टरमा प्रस्तुत गरिएको छ।

यो फिल्म अनिता पण्डितले निर्देशन गरेकी हुन्। सार्वजनिक पोस्टरले फिल्मको थिम बताउने निर्देशक पण्डितको भनाई छ। भन्छिन्, ‘अटिजम भनेको कुनै रोग होइन। यो कहिल्यै ठिक नहुने भन्ने सोचको विरुद्धमा हामीले फिल्म बनाएका हौँ।  अटिजम एक अवस्था मात्र हो र यो अवस्थामा रहेका बच्चालाई आफैले सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने प्रसंग फिल्ममा भेटिन्छ।’

रिलेशनसिपलाई एक्सप्लोर गर्न चाहने एक आमाको संघर्ष पनि फिल्ममा भेटिने पण्डितले बताइन्।

फिल्मको कथा, पटककथा तथा संवाद लेखन समेत आफैंले गरेकी पण्डितले फिल्ममा लगानी पनि आफैंले गरेकी छिन्।

फिल्ममा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीले शिर्ष भूमिका निर्वाह गरेका छन्। फिल्मको रिलिज मिति भने सार्वजनिक गरिएको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .