सलमान खानको लोकप्रिय शो ‘बिग बोस’ओटीटीका प्रतियोगीहरूको सूची सार्वजनिक भएको छ।
उक्त शोको सूचीमा नवाजुद्दीन सिद्दीकीकी पूर्वपत्नी आलिया सिद्दीकीको नाम पनि देखिएको छ।
शोमा पुगेर उनले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेकी छन्।
सधैँ 'रिल जीवन'का कारण चर्चामा रहने नवाजुद्दीन पछिल्लो समय 'रियल जीवन'लाई लिएर चर्चामा छन्। नवाज र उनकी पूर्वपत्नी आलियाको झगडाले बलिउड र सञ्चार माध्यममा राम्रै चर्चा पायो।
अहिले दुवै अलग-अलग बाटोमा लागिसकेका छन्।
व्यक्तिगत जीवनको समस्याबाट मुक्त भएपछि आलिया काममा सक्रिय देखिएकी छन्। उनी देखिएको सलमानको 'बिगबोस' स्ट्रिमिङको तयारीमा छन्।
51
Shares

प्रतिक्रिया